राहतमा भ्रष्टाचार गरेको भन्दै कटहरिया नगरपालिकामा ताला « Khabarhub

राहतमा भ्रष्टाचार गरेको भन्दै कटहरिया नगरपालिकामा ताला


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

रौतहट– बाढी पीडितलाई राहत वितरणको नाउँमा भ्रष्टाचार भइरहेको भन्दै कटहरिया नगरपालिकामा पुनः तालाबन्दी गरिएको छ ।

हालै निलम्बन फुकुवा भएका मेयर अजय प्रकाश जैसवालले बाढी पीडितको राहतमा विभेद गरेको भन्दै सोमवार दोस्रो पटक कट हरिया नगरपालिकामा तालाबन्दी गरिएको हो ।

मेयर जैसवालको कार्यकक्ष र जिन्सी फाँट खुलेको हेरेर दर्जनौँको संख्यामा गएका महिला पुरूष बाढी पीडित तथा जनप्रतिनिधि सहितको टोलीले पुनः तालाबन्दी गरेका हुन् ।

तालाबन्दीको क्रममा कट हरिया नगर परिसरमा कुनै अप्रिय हुन नदिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । मेयर निकट मानिसले आफूहरूसँग सल्लाह नै नगरी ताला खेलेको कारण पुनः तालाबन्दी गरिएको वडा ५ का सदस्य बैजनाथ दाशले बताएका छन् ।

गत असोजको दोस्रो साता परेको अबिरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीले कटहरियामा सैयौं परिवार प्रभावीत भएका थिए। मेयर जैसवालले आफ्ना नजिकका मानिस तथा नातेदार लाई मात्र राहत दिएको र अन्य गरिब विपन्नलाई वञ्चित गरेको कारण बाध्य भएर आन्दोलनमा उत्रनुपरेको वडा सदस्य दाशले गुनासो गरेका छन् ।

वडा ५ का सदस्य  रामेश्वर यादवले आज दोस्रो पटक तालाबन्दीको क्रममा मेयर अजय प्रकाशले फोन गरेर आफूलाई थर्काएको बताएका थिए ।

राहतको नाममा मेयर जैसवालले ठूलो रकम अनियमितता गर्ने दाउमा रहेको वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले आरोप लगाएका छन्। नगरसभामा बिपद व्यवस्थापनमा छुट्टाएको ५० लाख रुपैयाँ राहतकै नाउँमा मेयर जैसवालले सकाउने दाउमा रहेको कुशवाहाले दाबी गरेका छन् ।

प्रदर्शनको क्रममा वडा अध्यक्ष कुशवाहा, नगर कार्यपालिका सदस्य जामुन ठाकुर, वडा सदस्य द्धय बैजनाथ दाश र रामेश्वर यादवले मेयर अजय प्रकाश जैसवाल राहत, डिपिआर, गाडीको तेल, करार कर्मचारीको तलबको नाउँमा करोडौं करोड अनियमितता गर्दै आएको दाबी गरेका छन् ।

कटजबसम्म सम्पूर्ण पीडितलाई राहत नमिलेसम्म ताला नखोलिने आन्दोलनकारीहरूले अडान राखेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ६ : २४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन