राष्ट्रिय सुरक्षा परिषद् : मध्यपूर्वको तनाव र नेपालीलाई पार्न सक्ने असरबारे समीक्षा « Khabarhub

राष्ट्रिय सुरक्षा परिषद् : मध्यपूर्वको तनाव र नेपालीलाई पार्न सक्ने असरबारे समीक्षा


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  राष्ट्रिय सुरक्षा परिषद्को बैठकले केही समययता मध्यपूर्वमा चर्किँदै गएको तनाव र त्यसले नेपालीलाई पार्न सक्ने असरबारे समीक्षा गरेको छ ।

प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको बैठकले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाको समीक्षा गरेको हो ।

परिषद्को ३५औँ बैठकमा मध्यपूर्वमा बढिरहेको द्वन्द्वले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव, चुनौती तथा त्यहाँ रहेका नेपालीको सुरक्षा र अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगालले जानकारी दिए ।

अन्तर्राष्ट्रियस्तरमा विकसित तनावपूर्ण घटनाक्रमका कारण विशेषगरी राष्ट्रिय सुरक्षामा आउन सक्ने विधि चुनौतीबारे छलफल भएको परिषद्का सदस्यसचिव दङ्गालले जानकारी दिए ।

बैठकमा सैनिक ऐनको व्यवस्थाबमोजिम नेपाली सेनाका लागि आर्थिक वर्ष २०८१/८२ मा खरिद गरिने हातहतियार, खरखजाना तथा अन्य सैन्य सरसामग्रीका लागि नीतिगत स्वीकृति दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय पनि भएको छ ।

बैठकले परिषद्को बैठक सञ्चालन कार्यविधि २०८१ स्वीकृत गरेको छ । बैठकमा गृह र रक्षामन्त्री तथा मुख्य सचिव, प्रधानसेनापति एवम् रक्षा सचिव सहभागी थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ६ : ३३ बजे

एक सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका–१० स्थित टौखेलबाट मार्खु तर्फ जाँदै

माघ शुक्ल तृतीया : माधवनारायणका व्रतालु पनौती यात्रामा

काठमाडौं – पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका व्रतालु माधवनारायण भगवानसहित

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको