नेता र कार्यकर्ताबीचको सम्बन्धलाई सबल बनाउनुपर्छ : छबिलाल विश्वकर्मा « Khabarhub

नेता र कार्यकर्ताबीचको सम्बन्धलाई सबल बनाउनुपर्छ : छबिलाल विश्वकर्मा


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री छबिलाल विश्वकर्माले जनप्रतिनिधि र पार्टीका नेता–कार्यकर्ताबीचको सम्बन्धलाई अझ सबल बनाउनुपर्नेमा जोड दिएका छन् ।

एमाले सिद्धार्थनगर नगर कमिटीको दोस्रो नगर अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै नेता विश्वकर्माले विगतका कामको समीक्षा गर्दै कमीकमजोरी सुधारेर अघि बढ्नुपर्ने बताए । उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि वर्तमान सरकारले पहलकदमी लिएको बताए ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य, रुपन्देही जिल्ला इञ्चार्ज तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले राजनीतिक स्थिरताका लागि एकजुट हुनुपर्छ भनेर कांग्रेस–एमाले मिलेर सरकार बनाएको बताए ।

पार्टीका पोलिटब्यूरो सदस्य तथा राष्ट्रियसभा पूर्वसदस्य खिमलाल भट्टराईले अर्थतन्त्रका समस्या समाधान गर्नेतर्फ सरकार अघि बढेको बताउँदै नेपाली जनतालाई जीवनमा परिवर्तन चाहिएको बताए ।

एमाले सिद्धार्थनगर नगरकमीटीका अध्यक्ष चक्रबहादुर थापाले २०७९ सालको निर्वाचनमा एमालेले शिद्धार्थनगर नगरपालिकामा एक्लै २१ जना प्रतिनिधि जितेको बताए ।

अध्यक्ष थापाको नेतृत्वमा विस २०७८ कात्तिकमा ७५ सदस्यीय कमिटी निर्वाचित भएको थियो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ८ : ३८ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी