नेता र कार्यकर्ताबीचको सम्बन्धलाई सबल बनाउनुपर्छ : छबिलाल विश्वकर्मा « Khabarhub

नेता र कार्यकर्ताबीचको सम्बन्धलाई सबल बनाउनुपर्छ : छबिलाल विश्वकर्मा


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री छबिलाल विश्वकर्माले जनप्रतिनिधि र पार्टीका नेता–कार्यकर्ताबीचको सम्बन्धलाई अझ सबल बनाउनुपर्नेमा जोड दिएका छन् ।

एमाले सिद्धार्थनगर नगर कमिटीको दोस्रो नगर अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै नेता विश्वकर्माले विगतका कामको समीक्षा गर्दै कमीकमजोरी सुधारेर अघि बढ्नुपर्ने बताए । उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि वर्तमान सरकारले पहलकदमी लिएको बताए ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य, रुपन्देही जिल्ला इञ्चार्ज तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले राजनीतिक स्थिरताका लागि एकजुट हुनुपर्छ भनेर कांग्रेस–एमाले मिलेर सरकार बनाएको बताए ।

पार्टीका पोलिटब्यूरो सदस्य तथा राष्ट्रियसभा पूर्वसदस्य खिमलाल भट्टराईले अर्थतन्त्रका समस्या समाधान गर्नेतर्फ सरकार अघि बढेको बताउँदै नेपाली जनतालाई जीवनमा परिवर्तन चाहिएको बताए ।

एमाले सिद्धार्थनगर नगरकमीटीका अध्यक्ष चक्रबहादुर थापाले २०७९ सालको निर्वाचनमा एमालेले शिद्धार्थनगर नगरपालिकामा एक्लै २१ जना प्रतिनिधि जितेको बताए ।

अध्यक्ष थापाको नेतृत्वमा विस २०७८ कात्तिकमा ७५ सदस्यीय कमिटी निर्वाचित भएको थियो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ८ : ३८ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी