चाडमा जिहादी आक्रमणमा करिब ४० सैनिकको मृत्यु « Khabarhub

चाडमा जिहादी आक्रमणमा करिब ४० सैनिकको मृत्यु


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

एनजामेना – नाइजेरियाली सीमा नजिकै जिहादी समूह बोको हरामले चाडको सेनामाथि गरेको आक्रमणमा करिब ४० जनाको मृत्यु भएको सरकार र स्थानीय स्रोतहरूले सोमबार बताएका छन् ।

दुई सयभन्दा बढी सैनिक रहेको एक गैरिसनमाथि बोको हरामका सदस्यहरूले आइतबार राति आक्रमण गरेको एक स्थानीय स्रोतले बतायो । देशको पश्चिमी भागमा रहेको नगुबुआ नजिकै भएको आक्रमणमा दुःखद् रूपमा करिब ४० जनाको मृत्यु भएको राष्ट्रपति कार्यालयले वक्तव्यमार्फत बताएको छ ।

चाडका राष्ट्रपति माहमत इद्रिस देबी इट्नोले सोमबार बिहान घटनास्थलको भ्रमण गरेकाे र ‘आक्रमणकारीहरूलाई पछ्याउन र उनीहरूको सबैभन्दा टाढाको लुक्ने ठाउँसम्म खोज्न’ अभियान सुरु गरेको वक्तव्यमा उल्लेख छ ।

स्थानीय स्रोतहरूका अनुसार स्थानीय समयअनुसार राति १०ः०० बजे आक्रमण भएको थियो ।“बोको हरामका सदस्यहरूले गैरिसनलाई नियन्त्रण लिए, हतियार कब्जा गरे, भारी हतियारले सुसज्जित सवारी साधनहरू जलाए र त्यहाँबाट भागे”, नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीय स्रोतले बतायो ।

विशाल जलराशि र दलदल भएको चाड तालको असङ्ख्य टापुहरू मुलुकको सेना र नागरिकहरूमाथि नियमित आक्रमण गर्ने बोको हराम र यसको शाखा इस्लामिक स्टेट इन वेस्ट अफ्रिका (आइएसडब्लुएपी) जस्ता जिहादी समूहहरूको लुक्ने ठाउँको रूपमा रहेका छन् ।

बोको हरामले सन् २००९ मा नाइजेरियामा विद्रोह सुरु गरेको थियो । विद्रोहमा ४० हजारभन्दा बढी मानिसको मृत्यु भयो र २० लाख विस्थापित भए । यो सङ्गठन त्यसपछि छिमेकी देशहरूमा फैलिएको छ ।सन् २०२० मार्चमा चाडको सेनाले तालको बोहोमा प्रायद्वीपमा भएको एक आक्रमणमा करिब एक सय सैनिक मारिँदा क्षेत्रमा एकै दिनमा सबैभन्दा ठूलो क्षति बेहोरेको थियो ।

यो आक्रमणले तत्कालीन राष्ट्रपति इद्रिस देबी इट्नो (वर्तमान राष्ट्रपतिका पिता) लाई जिहाद विरोधी अभियान सुरु गर्न प्रेरित गरेको थियो । जुनमा अन्तर्राष्ट्रिय आप्रवासन कार्यालय (आइओएम) ले चाड ताल प्रान्तमा सशस्त्र समूहका आक्रमणहरूबाट दुई लाख २० हजारभन्दा बढी मानिस विस्थापित भएको रेकर्ड गरेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ९ : २१ बजे

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत