मुद्दा जिताउने भन्दै एक करोड २८ लाख ठगी गरेको आरोपमा पक्राउ | Khabarhub Khabarhub

मुद्दा जिताउने भन्दै एक करोड २८ लाख ठगी गरेको आरोपमा पक्राउ


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं –निजगढ द्रुत मार्ग (फाष्टट्रयाक)को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर रु एक करोड २८ लाख ठगी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

ललितपुरको भैँसेपाटी बस्ने वर्ष ४५ का रवीन्द्र महर्जनलाई काठमाडौँको बुद्धनगरबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार आरोपितले उजुरीकर्तासँग भेटघाट गरी काठमाण्डौँ–निजगढ द्रुत मार्ग (फाष्ट ट्रयाक) को टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर सम्मानित उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै रकम मागेको र रकम नदिएमा मुद्दा हराइ दिने धम्की दिइ रु एक करोड २८ लाख लिएर फरार भएका थिए ।

आचार्यले भने, “कार्यालयमा जाहेरी परेपछि काठमाडौँ जिल्ला अदालतबाट यही ६ गते पक्राउ अनुमति जारी भएको थियो । खोजतलास गर्ने क्रममा प्रहरी टोलीले आज दिउँसो १ बजे पक्राउ गरेको हो ।”

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १० : ३१ बजे

जलवायु सङ्कटमा मुस्ताङ

मुस्ताङ– विश्वमै जलवायु परिवर्तन असर एक चिन्ताको विषय बनिरहँदा नेपालका

थप ‘ट्रान्फरस्टेसन’का लागि जग्गा प्राप्त नहुँदा क्षेत्रगत रूपमा फोहर व्यवस्थापन हुन सकेन

काठमाडौं– काठमाडौं महानगरपालिकाले थप ‘ट्रान्फरस्टेसन’का लागि जग्गा प्राप्त गर्न नसक्दा

मौरीपालन व्यवसायमा ६० वर्षीय दीपकुमार, कमाउँछन् वार्षिक १२ लाख  

घोराही– उमेरले ६० वर्ष पुगेका दीपकुमार मगरको मुख्य पेसा मौरीपालन

जैविक विविधता जोगाउन प्यारा तालको संरक्षण गरिँदै

कैलाली- कैलालीसँगै सिमाना जोडिएको कञ्चनपुरको पुर्नवास नगरपालिका–८ र वडा नं