आज २०८१ साल मंसिर १३ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल मंसिर १३ गते बिहीबारको राशिफल


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर १३ गते बिहीबार तदनुसार सन् २०२४ नोभेम्बर २८ तारिख। त्रयोदशी तिथि। प्रदोष व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। आफ्नै साथीले विरोध गरेको सुन्नुपर्नेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा गढबढी आउनसक्छ। विपक्षीको साथ मिल्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : राम्रो कुरा भन्छु भन्दाभन्दै नराम्रो अर्थ लाग्नसक्छ। अप्ठेरो बोलीले व्यवहारमा समस्या हुने जोखिम छ। हरेक कामका लागि स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। अप्रिय खबरले खानामा अरुचि बढ्नेछ। परिवारसँगको सम्बन्ध दरिलो बन्ने योग छ।

मिथुन : दिन सहज छ। मुल त्रिकोणमा चन्द्रमा पुगेकाले मन प्रशन्न हुनेछ। परिवारको साथ मिल्नेछ। आर्थिक क्षेत्रमा लाभ हुनेछ। धार्मिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ।

कर्कट : दिन सामान्य छ। साना कुरामा झन्झट बढ्नेछ। साथीले साथ दिएकाले राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। व्यापारमा तपाईंको दिन सहज रहेको छ। परिवारको साथ मिल्नेछ।

सिंह : दिन सहज छ। दाजुभाइसँगको परामर्शमा गरेको निर्णयले सफलता प्राप्त हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ। मन शान्त हुनेछ।

कन्या : तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। नाफामुखी क्षेत्रमा लगानीका लागि हिम्मत गरेमा फाइदा हुनेछ। अरुलाई खराब भन्नुभन्दा आफूले आफ्नो बानीमा सुधार गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : तपाईंका राशिमा प्रभावकारी चन्द्रमा पुगेका छन्। सोचेका काम बन्नेछन्। मनमा खुशी मिल्नेछ। अनुत्पादक क्षेत्रमा खर्च गर्ने शैली परिवर्तन गर्नु राम्रो हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

वृश्चिक : दिन सामान्य छ। वक्र गतिमा रहेका बुध तपाईंकै लग्नमा बसेका छन्। साना कुरामा ठुलो झन्झट हुनेछ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयासबाट नाफा हुनेछ। परिवारमा साना कुरामा मनमुटाव हुनसक्छ। बिहान गणेशको चिन्तन गरेमा दिन सहज बन्नेछ।

धनु : दिन राम्रो छ। साथीभाइको सहयोग मिल्नेछ। राज्यको नोकरीमा भए बढुवा हुनेछ। व्यापारमा फाइदा हुनेछ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन सहज छ। स्वास्थ्यले साथ दिएको छ। अन्त्य साढेसाती दशा भए पनि शुभ ग्रहको बहुमत छ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा सबै काम सहजै बन्नेछन्।

कुम्भ : शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। साथीको साथ मिल्नेछ। वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमा देखिएका विकल्पबाट मन खुशी हुनेछ। कुण्डलीमा शनिदेव सकारात्मक भए उन्नति हुनेछ। ३, ६ र ११ औं स्थानमा शनिदेव भएमा दिन सहज बन्नेछ।

मीन : दिन सहज छ। निजी वा एक्लो प्रयासले गरेका काम सहजै बन्नेछन्। साथीले दिएको सल्लाह खराब हुनसक्ने भएकाले सचेत बन्नुपर्नेछ। आज एकल निर्णय तपाईंका लागि फलदायी हुनेछ। गणेशको पूजा गरेर सुरुवात गरेमा दिन सहज बन्नेछ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ५ : १२ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र