सलाह र एम्बाप्पे पेनाल्टीमा चुकेको खेलमा लिभरपुलसँग रियल म्याड्रिड पराजित « Khabarhub

सलाह र एम्बाप्पे पेनाल्टीमा चुकेको खेलमा लिभरपुलसँग रियल म्याड्रिड पराजित


१३ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

लन्डन – युरोपेली च्याम्पियन्स लिगमा लिभरपुलको विजय शृङ्खला कायम नै राखेको छ। लिभरपुलले बुधबार राति भएको खेलमा रियल म्याड्रिडलाई २–० ले हरायो। यस अघि यी दुई टोलीको ८ खेलमा लिभरपुल जित हात पार्न असमर्थ भएको थियो। यी मध्य दुई भेट च्याम्पियन्स लिग फुटबलको फाइनलमा नै भएको थियो।

सो खेलमा दुवै टोलीका स्टार लिभरपुलका मोहम्मद सलाह र रियल म्याड्रिडका केलिएन एम्बाप्पे पेनाल्टीमा गोल गर्न चुके। एनफिल्डको घरेलु भूमिमा भएको खेलको ५२ औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले लिभरपुललाई अग्रता दिलाएका थिए।

त्यस लगत्तै एन्टी रोबर्टसनले लुकास र्भाक्युजमाथि फल गरेपछि प्राप्त पेनाल्टी अवसरलाई गोलमा परिणत गर्न एम्बाप्पे चुकेका हुन। उनको प्रहारलाई विपक्षी गोलरक्षक कोहिम केलरले बचाए। त्यसपछि सलाहले पनि पाएको पेनाल्टी अवसरलाई गोल पोस्ट भन्दा बाहिर प्रहार गरेर खेर फालेका थिए।

खेल सकिन १४ मिनेट बाँकी रहँदा रोबर्टसनको क्रसमा वैकल्पिक खेलाडी कोडी गाक्पोले लिभरपुलका लागि अर्को गोल गरे।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ५ : ५० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र