स्थानीय तहलाई बीमाबारे बुझाउँदै प्राधिकरण « Khabarhub

स्थानीय तहलाई बीमाबारे बुझाउँदै प्राधिकरण


१३ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बागलुङ– ग्रामीण तहका नागरिकमासमेत बीमाको पहुँच बढाउन र बिमा शिक्षा दिन नेपाल बीमा प्राधिकरणले स्थानीय तहलाई यसबारे जानकारी गराउन थालेको छ ।

बीमा गर्दा क्षतिको परिपूर्ति गर्न सहज हुने भन्दै प्राधिकरणले स्थानीय तह केन्द्रित भएर यसबारे सचेतना जगाउने काम गरिरहेको छ ।

प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले हालसम्म प्रदेशका ५२ स्थानीय तहका जनप्रतिनिधिलाई बीमासम्बन्धी अभिमुखीकरण गरिसकेको जनाएको छ ।

कार्यालय प्रमुख केशवप्रसाद दाहालले बीमाको महत्व बुझाउने, बीमाका नाममा हुने ठगी रोक्ने तथा बीमा गर्दा भविष्यमा हुने क्षति कम गर्न स्थानीय तहका जनप्रतिनिधि र पत्रकारलाई अभिमुखीकरण गर्न थालेको बताए ।

जीवन बीमा, निर्जीवन बीमाका विषयमा स्थानीय तहसमेत जानकार हुन आवश्यक रहेको भन्दै प्रदेशका ८५ स्थानीय तहमध्ये ५२ पालिकामा बीमा अभिमुखिकरण कार्यक्रम गरिएको दाहालले जानकारी दिए ।

दाहालले यससम्बन्धी सही जानकारी सम्प्रेषण गर्न स्थानीय पत्रकारलाई पनि यसबारेमा अभिमुखीकरण गर्न आवश्यक ठानी सो कार्य पनि भइरहेको बताए ।

प्राधिकरणका सहायक निर्देशक सुदिप गिरीले बीमाको आवश्यकता र चुनौतीबारे आमजनतामा जानकारी गराउँदै यसको महत्व, पहुँच बढाउन, आर्थिक क्षति न्यूनीकरणको पूर्वतयारी, लघु बिमा र कृषि बिमालगायत विषयमा सबैले जानकारी लिन आवश्यक रहेको बताए ।

नेपालमा हाल १४ वटा जीवन, १४ निर्जीवन, ७ वटा लघु र दुईवटा पुर्नबिमा कम्पनीले काम गरिरहेको पनि गिरीले जानकारी दिए ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ८ : ५९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको