सुनसरीको गढी–६ मा उपनिर्वाचन, मतदातालाई कामकै चटारो « Khabarhub

सुनसरीको गढी–६ मा उपनिर्वाचन, मतदातालाई कामकै चटारो


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इनरुवा – सुनसरी गढी गाउँपालिका–६ का ३० वर्षे ममता साह खेतमा धान काट्दै थिइन्। विभिन्न पार्टीका नेता मत माग्नका लागि घरदैलो कार्यक्रम गरिरहेका बेलामा साह आफ्नै काममा व्यस्त थिइन्। उनलाई साह कसरी धान काट्न र आएको मजदुरीबाट घरपरिवारका लागि आवश्यक पर्ने सामग्रीको जोहो गर्ने भन्ने चिन्ता  थियो । उहाँजस्तै गढी–६ कै ५० वर्षीया रोना साह धान काट्नमा नै व्यस्त थिइन्।

यही मङ्सिर १६ गते सुनसरीको १२ स्थानीय तह मध्यको गढी ६ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको विषयमा उनलाई खासै मतलब थिएन । उनीहरू गढी ६ का प्रतिनिधि पात्र मात्र छन्।

कोही ज्याला मजदुरीमा त कोही सानोतिनो व्यापार-व्यवसाय गरेर दैनिक गुजारा टार्दै आएकाले सोही काममा व्यस्त हुने गरेको स्थानीय मतदाता अञ्जुदेवी साहले बताइन्। 

‘चुनावले घरखर्च चलाइदिँदैन त्यसका लागि काम गर्नैपर्यौ चुनावका दिन जाउला कुनै एक जनालाई मतदान गरौँला’, उक्त क्षेत्रकी मतदाता अञ्जु साह भन्नुहुन्छ । प्रायः मतदाता घरमा नभेटिने गरेको र चुनावप्रति धेरै चासो नरहेको पाइएको छ । 

मतदाता घरमा नभेटिँदा चुनावी प्रचारप्रसारमा हिँड्ने उम्मेदवार र नेतालाई समस्या भएको छ भने कसको पक्षमा नतिजा जान्छभन्ने ठम्म्याउन कठिन भएको छ । विसं २०७९ को स्थानीयतहको निर्वाचनमा गढी–६ मा एमालेका षडानन्द उराँवले जितेका थिए । उनले सात सय १२ मत ल्याएका थिए । उनको निधनपछि यस वडामा पुनः चुनाव हुन लागेको हो ।

गत चुनावमा नेकपा (माओवादी केन्द्र) का कुशेश्वर खेरवारले चार सय २४ मत ल्याएर दोस्रो स्थान ओगट्दा कांग्रेसका तिलेश्वर चौधरी चार सय १६ मतका साथ तेस्रो स्थानमा थिए। 

जनता समाजवादी पार्टीको साथ पाएको माओवादी केन्द्र यसपटक जसरी भए पनि गढी ६ मा जित निकाल्ने कसरतमा  छ । गढी–६ मा यसपटक माओवादी केन्द्रबाट कुशेश्वर खेरवार, कांग्रेसबाट तेतर साह र एमालेबाट सन्तु उराँव चुनावी मैदानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविताकुमारी उराँव, जनमत पार्टीबाट सीताराम यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शशीकुमार साह चुनावी मैदानमा उत्रिएका छन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार उक्त वडामा एक हजार आठ सय ७३ पुरुष र एक हजार सात सय ४९ महिला मतदाता छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  १२ : १६ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री