चीनको हिरासतमा रहेका तीन अमेरिकी रिहा « Khabarhub

चीनको हिरासतमा रहेका तीन अमेरिकी रिहा


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – निवर्तमान राष्ट्रपति जो बाइडनको प्रशासनको प्रमुख लक्ष्य पूरा गर्दै चीनले संयुक्त राज्य अमेरिकासँगको कैदी आदानप्रदानमा हिरासतमा लिइएका तीन अमेरिकीलाई रिहा गरेको अमेरिकी अधिकारीले बुधबार बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले गलत तरिकाले हिरासतमा राखेको भनी वर्गीकृत गरेका तीन जना अमेरिकी कैदी मार्क स्विडन, काई ली र जोन लेउङ चीनका अन्तिम कैदी थिए । 

यद्यपि अधिकारकर्मी र चीनमा हिरासतमा रहेका अन्य कैदीका परिवारहरूले थप अमेरिकी नागरिकहरूको मुद्दा उठाएका छन् ।

‘चाँडै नै उनीहरू फर्कनेछन् र धेरै वर्षपछि पहिलो पटक आफ्ना परिवारसँग पुनर्मिलन हुनेछन्,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पारिवारिक पुनर्मिलनसँग जोडिएको अमेरिकी धन्यवाद दिवसको पूर्वसन्ध्यामा भने ।

‘यो प्रशासनको प्रयास र चीनसँगको कूटनीतिका कारण पीआरसीमा गलत तरिकाले हिरासतमा लिएका सबै अमेरिकीहरू स्वदेश फर्किएका छन्,’ विदेश मन्त्रालयका प्रवक्ताले बताए। 

यस मामिलासँग सम्बन्धित एक स्रोतका अनुसार अमेरिकी हिरासतमा रहेका तीन जना चिनियाँ नागरिकका लागि बेइजिङसँग अदलाबदली गरेर तीनै जनालाई रिहा गर्न लागिएको हो ।

सन् २०१२ को अन्त्यतिर स्विदनलाई लागूऔषधको आरोपमा चीनको व्यापारिक भ्रमणका क्रममा पक्राउ गरिएको थियो । उनको परिवार र समर्थकहरूले उनीसँग लागूपदार्थ भएको कुनै प्रमाण नभएको र उनका ड्राइभर र अनुवादक सहयोगीले उहाँलाई दोष दिएको बताएका छन् ।

चीनमा कैदीहरूलाई सहयोग गर्ने समूह डुइ हुवाका अनुसार हिरासतमा रहेको प्रारम्भिक समयमा, स्विडनले निद्रा र खानाबाट बञ्चित भएको र १०० पाउन्ड (४५ किलोग्राम) भन्दा बढी तौल गुमाएका छन् । 

सन् २००६ देखि जेलमा रहेका पास्टर डेभिड लिनलाई सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाले रिहा गरेको थियो । अमेरिकी अधिकारीहरूले उक्त रिहाई एक चिनियाँ नागरिकको लागि अदलाबदली को एक भाग भएको पछि स्वीकार गरेका थिए । 

बाइडेन प्रशासनले आफ्नो कार्यकालको बाँकी समयमा कैदीहरूको रिहाई सुनिश्चित गर्ने आशा गरेको थियो, बाइडेनले यसै महिना पेरूमा एपेक शिखर सम्मेलनको क्रममा राष्ट्रपति सी जिनपिङसँग अन्तिम भेटमा ती मुद्दाहरू उठाएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  १२ : ५० बजे

बीपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

काठमाडौं– सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन

कांग्रेसले ५१२ पालिकामा सक्यो अधिवेशन, २४१ पालिकामा शुक्रबार र शनिबार हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत बुधबार देशभरका पालिकामा अधिवेशन

त्रिशुली ३ ‘१’को क्याम्पबाट बेपत्ताका परिवार-आफन्त प्रदर्शन गर्दै (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी बाढीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले

ओलीको बचाउमा उत्रिँदै सूर्यले भने- अध्यक्षलाई मात्रै दोष नथोरौँ, एकढिक्का भएर चुनावको तयारी थालौँ

काठमाडौं- नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य थापाले पार्टीभित्रको नेतृत्व

एमाले बैठकमा रामकुमारी झाँक्री : दोष एक व्यक्तिलाई थोपरेर हुँदैन, कमजोरीको सामूहिक समीक्षा गरौँ

काठमाडौं– नेकपा (एमाले) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीभित्रको पछिल्लो