एकै फिल्मबाट स्वस्तिमा उत्कृष्ट नायिका, निश्चल उत्कृष्ट निर्देशक | Khabarhub Khabarhub

एकै फिल्मबाट स्वस्तिमा उत्कृष्ट नायिका, निश्चल उत्कृष्ट निर्देशक


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘राष्ट्रिय चलचित्र पुरस्कार–२०८०’ मा नायक विपिन कार्की उत्कृष्ट अभिनेता र नायिका स्वस्तिमा खड्का उत्कृष्ट अभिनेतृ घोषित भएका छन् । राष्ट्रपति निवासमा बुधबार आयोजित कार्यक्रममा उनीहरूलाई अवार्ड प्रधान गरिएको हो ।

विपिनले चलचित्र ‘प्रसाद–२’ र स्वस्तिमाले ‘दिमाख खराब’बाट उक्त अवार्ड जितेका हुन् । फिल्म ‘दमाख खराब’बाटै निश्चल बस्नेतले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् ।

बुलाकीले अन्य दुई विधाको अवार्ड पनि हात पारेको छ । उक्त फिल्मबाट शिव ढकाल उत्कृष्ट छायाँकार र राजबहादुर साने उत्कृष्ट लेखक घोषित भएका छन् ।

उत्कृष्ट सम्पादको अवार्ड फिल्म ‘महाजात्रा’बाट मित्र डी गुरुङले जितेका छन् । उत्कृष्ट आदिवासी मातृभाषी फिल्म लिम्बू भाषामा बनेका ‘लोजिमा’ले जितेको छ ।

चलचित्र विकास बोर्डको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ४ : ४९ बजे

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र