मुहूर्तमा निर्देशक लामाले खुलाए ‘डोरी’को अर्थ « Khabarhub

मुहूर्तमा निर्देशक लामाले खुलाए ‘डोरी’को अर्थ


१३ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिमानी बक्स अफिस कलेक्सन गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’की अभिनेतृ अञ्जना बराइलीले ‘डोरी’मा अभिनय गर्ने भएकी छन् ।

आइतबार छायाङ्कनमा योजनामा रहेको सुटिङ युनिटले बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरेको हो ।

अरुण लामाको लेखन-निर्देशन रहने यस फिल्ममा अञ्जान र अभिनेता प्रवीण खतिवडा केन्द्रीय भूमिकामा छन् । फिल्ममा शिशिर बाङ्गदेल, कविता आले, सजन श्रेष्ठलगायतको पनि अभिनय रहने निर्माण पक्षले बताएको छ ।

मुहूर्त कार्यक्रममा निर्देशक लामाले फिल्मको शीर्षकबारे व्याख्या गरे । उनका अनुसार अंग्रेजी अक्षर ‘डी ओ आर आई आई’ बाट फिल्मको शीर्षक राखिएको हो । जसको पूरारुप ‘डिस्कभरी अफ रियालिजम इन इन्क्विजिटिभनेस’ रहेको उनले बताए ।

उनले थपे, ‘डोरी नामले बाँधिएको सम्बन्ध र जिम्मेवारीलाई प्रस्तुत गर्छ । यो चलचित्रका पात्रहरू आ-आफ्ना तरिकाले बाँधिएका छन् । कोही जिम्मेवारीको डोरीले, कोही समस्याको डोरीले, र कोही मायाको डोरीले । यसले वास्तविकताको खोज र रहस्यलाई उजागर गर्दछ ।’

त्यस्तै, प्रवीणको बुझाइमा यो फिल्म ‘सस्पेन्स र क्राइम’को संयोजन हो । उनले भने, ‘यस फिल्ममा रहस्यमय कथा, सामाजिक यथार्थवाद, र ‘सस्पेन्स क्राइम’को संयोजन गरिएको छ । यसले दर्शकलाई मनोरञ्जन दिने विश्वास छ ।’

अञ्जनाले नयाँ आइडियाको कथा भएकाले फिल्म व्यवसायिकरुपमा सफल बन्ने आशा राखेको सुनाइन् । निर्माण पक्षले यस फिल्मलाई सन् २०२५ मा प्रदर्शनमा ल्याउने लक्ष्य राखेको छ । यसको निर्माता दिनेश भट्टराई हुन् ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ४ : ४६ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले