मुहूर्तमा निर्देशक लामाले खुलाए ‘डोरी’को अर्थ « Khabarhub

मुहूर्तमा निर्देशक लामाले खुलाए ‘डोरी’को अर्थ


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिमानी बक्स अफिस कलेक्सन गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’की अभिनेतृ अञ्जना बराइलीले ‘डोरी’मा अभिनय गर्ने भएकी छन् ।

आइतबार छायाङ्कनमा योजनामा रहेको सुटिङ युनिटले बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरेको हो ।

अरुण लामाको लेखन-निर्देशन रहने यस फिल्ममा अञ्जान र अभिनेता प्रवीण खतिवडा केन्द्रीय भूमिकामा छन् । फिल्ममा शिशिर बाङ्गदेल, कविता आले, सजन श्रेष्ठलगायतको पनि अभिनय रहने निर्माण पक्षले बताएको छ ।

मुहूर्त कार्यक्रममा निर्देशक लामाले फिल्मको शीर्षकबारे व्याख्या गरे । उनका अनुसार अंग्रेजी अक्षर ‘डी ओ आर आई आई’ बाट फिल्मको शीर्षक राखिएको हो । जसको पूरारुप ‘डिस्कभरी अफ रियालिजम इन इन्क्विजिटिभनेस’ रहेको उनले बताए ।

उनले थपे, ‘डोरी नामले बाँधिएको सम्बन्ध र जिम्मेवारीलाई प्रस्तुत गर्छ । यो चलचित्रका पात्रहरू आ-आफ्ना तरिकाले बाँधिएका छन् । कोही जिम्मेवारीको डोरीले, कोही समस्याको डोरीले, र कोही मायाको डोरीले । यसले वास्तविकताको खोज र रहस्यलाई उजागर गर्दछ ।’

त्यस्तै, प्रवीणको बुझाइमा यो फिल्म ‘सस्पेन्स र क्राइम’को संयोजन हो । उनले भने, ‘यस फिल्ममा रहस्यमय कथा, सामाजिक यथार्थवाद, र ‘सस्पेन्स क्राइम’को संयोजन गरिएको छ । यसले दर्शकलाई मनोरञ्जन दिने विश्वास छ ।’

अञ्जनाले नयाँ आइडियाको कथा भएकाले फिल्म व्यवसायिकरुपमा सफल बन्ने आशा राखेको सुनाइन् । निर्माण पक्षले यस फिल्मलाई सन् २०२५ मा प्रदर्शनमा ल्याउने लक्ष्य राखेको छ । यसको निर्माता दिनेश भट्टराई हुन् ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ४ : ४६ बजे

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई