‘जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउन आवश्यक’ « Khabarhub

‘जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउन आवश्यक’


१३ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाठडौं – उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउनका लागि ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा दिगो पूर्वाधारका लागि जियोटेक्निक्स सम्मेलनको उद्‌घाटन गर्दै सिंहले जलवायु परिवर्तनको असरका कारण भौगोलिक बनावट जोखिमयुक्त हुँदै गएकाले यसलाई नविनतम् प्रविधिद्वारा बलियो बनाउनका लागि ध्यान केन्द्रीत गर्नुपर्ने बताएका हुन् ।

नेपालको भौगोलिक बनावटका कारण धेरै प्राकृतिक प्रकोपका घटनाहरू भएकाले अव नविनतम् जियोटेक्निक्सको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरू देखिएको उनले बताए। त्यस्तै उनले अव्यवस्थित सहरीकरण, नदी किनारको अतिक्रमण, गलत संरचना निर्माणले पनि बेला बेलामा नागरिकहरू प्रभावित हुनुपरेको जिकिर गरे ।

सम्मेलनमा २५ भन्दा बढी देशका १ सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिहरू र ३ सय भन्दा बढी सहभागी रहेको आयोजक नेपाल जियोटेक्निलकल सोसाइटीले जनाएको छ । 

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ३ : ०४ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच