एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार « Khabarhub

एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार भइरहेको पाइएको हो।

बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बाप्र ०१-००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेसँगै यो रहस्य खुलेको हो।

इलाका प्रहरी बर्दिबासबाट खटिएको टोलीले बुधबार राति बर्दिबास ३ स्थित बीपी राजमार्गमा एम्बुलेन्सको तलासी गर्दा ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ।

एम्बुलेन्सको साइरनमा रहेको माइक्रोफोनभित्र लुकाएको अवस्थामा ब्राउन सुगर बरामद भएको र चालकसहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ४ : २० बजे

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई