बालाचतुर्दशीको तीन दिन पशुपति आसपास मदिरा र मासु बेच्न निषेध | Khabarhub Khabarhub

बालाचतुर्दशीको तीन दिन पशुपति आसपास मदिरा र मासु बेच्न निषेध


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वका तीन दिन (१३-१५ मंसिर) पशुपतिनाथको मन्दिर वरपरका क्षेत्रमा मासु र मदिराजन्य पदार्थ बेच्न निषेध गरेको छ।

बालाचतुर्दशी पर्व ( शतवीजारोपण पर्व), २०८१ लाई मध्यनजर बिहीबारदेखि शनिबारसम्मका लागि पशुपतिनाथको पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्धेश्यले मासु र मदिरा निषेध गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनले पशुपति आसपासका क्षेत्रमा मदिरा, नशालु पदार्थ, माछामासु बिक्रिवितरण, उत्पादन, सेवन, ओसारपसार र भण्डारणमा रोक लगाएको हो।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तोकिएका चार किल्लाभित्र मासु, मदिरा र नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रुपमा रोक लगाइएको बिहीबार जनाएका छन् ।

‘कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारवाही भइजाने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ’, आचार्यले भनेका छन् ।

गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण बागमती लगायत पशुपति क्षेत्रको सबै भू-भागमा मासु र मदिराजन्य पदार्थ निषेध गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जारी गरेको सूचनामा भनिएको छ।

 

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ४ : ३४ बजे

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै