‘रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमण’ « Khabarhub

‘रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमण’


१३ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको ऊर्जा केन्द्रहरूमा रूसले कैयौँ राउण्ड हवाई आक्रमण गरेको बताएका छन्  । 

बिहीबार रूसी सेनाले लडाकु विमान र अन्य माध्यमबाट व्यापक गोलाबारी गरेको र यसबाट विद्युत आपूर्तिमा व्यापक समस्या आएको राष्ट्रपति जेलेन्स्कीले बताएका हुन्। 

विशेषज्ञहरूका अनुसार किएभ र मस्को दुवैले लगभग तीन वर्षको युद्धमा व्यापक शक्तिशाली गोलाबारूद्को  प्रयोग गरेका छन्।

जेलेन्स्कीले सामाजिक सञ्जालमा भनेका छन्, ‘धेरै क्षेत्रमा शक्तिशाली विस्फोटक पदार्थ खसालिएको छ भने उनीहरूको हतियारसहितको आक्रमणलाई रेकर्ड गरिएको छ ।’ 

भिडियोमा उनीहरूले नागरिक पूर्वाधारलाई समेत निशाना बनाएका छन् । युक्रेनले ७९ वटा क्षेप्यास्त्र र ३५ वटा ड्रोन खसालेको उक्त ब्यारेजले १० लाखभन्दा बढी युक्रेनी नागरिकलाई चिसो मौसममा बिजुलीविहीन बनाएको छ ।

सन् २०२२ को फेब्रुअरीमा रूसले युद्ध सुरु गरेयता युक्रेनमा विस्फोटक युद्धसामग्रीले एक हजारभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको वा घाइते भएको ‘क्लस्टर म्युनिशन कोलिशन (सीएमसी)’ ले सेप्टेम्बरमा आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

सन्धिको पक्षराष्ट्र नभएको अर्थात् सन्धिको पक्षमा हस्ताक्षर नगरेको संयुक्त राज्य अमेरिकाले जुलाई २०२३ मा किएभलाई ‘क्लस्टर युद्धसामग्री’ हस्तान्तरण गर्न सहमत भएको थियो । यो कदमको रूस र अमरिकाका सहयोगीहरूले समेत आलोचना गरेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ४ : ५९ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार