रविलाई केहीबेरमा पोखराबाट काठमाडौं ल्याइँदै | Khabarhub Khabarhub

रविलाई केहीबेरमा पोखराबाट काठमाडौं ल्याइँदै


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदैछ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट पोखरा विमानस्थलमा ल्याइसकेको प्रहरीले जनाएको छ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनबारे बयान लिन उनलाई काठमाडौं ल्याउन लागिएको हो हो ।

उक्त सहकारीको बचत हिनामिना प्रकरणमा यसअघि नै लामिछाने र उनका साझेदार छविलला जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रविलाई बुद्ध एयरको अहिले साढे ५ बजेको उडानमार्फत् काठमाडौं ल्याउने तयारी भइरहेको रास्वपा प्रवत्ता मनिष झाले बताएका छन् ।

उता रविका साझेदार जोशीलाई प्रहरीले सातअघि काठमाडौं ल्याएर बयानपछि कास्की प्रहरीकै हिरासतमा फर्काइसकेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ५ : ०७ बजे

यी भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन