गृह मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना « Khabarhub

गृह मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना


१३ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याएको छ।

मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरी मुलुकको शान्ति सुव्यवस्था, अपराध नियन्त्रण तथा कानुनको प्रभावकारी कार्यान्वयन गरी सुशासन कायम गर्न मन्त्रालय प्रतिवद्ध रहेको जनाउँदै त्यसका लागि मन्त्रालयसित सम्बन्धित नागरिकका गुनासो, जिज्ञासा र सुझावको विभिन्न माध्यमबाट सम्बोधन गर्दै आएको जनाएको हो।

‘मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन गुनासो सुनुवाइ कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको हो,’ गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने, ‘मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासो सेवाग्राहीले सम्बन्धित निकायकोको हकमा सोही निकायको प्रमुख वा विभागीय प्रमुख समक्ष गुनासो गर्न सकिनेछ।’

उनले गुनासो कक्षबाट मन्त्रालय र अन्तर्रगतका निकायमार्फत प्रवाह हुने सेवा सम्बन्धी गुनासो विभिन्न माध्यम र प्रक्रियाबाट राख्न सकिने जानकारी दिए।

गृहमन्त्री रमेश लेखकले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवा थप सुदृढ बनाउन गुनासो कक्ष स्थापनामा जोड दिएका थिए।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ५ : ४१ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले