गृह मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना « Khabarhub

गृह मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना


१३ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याएको छ।

मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरी मुलुकको शान्ति सुव्यवस्था, अपराध नियन्त्रण तथा कानुनको प्रभावकारी कार्यान्वयन गरी सुशासन कायम गर्न मन्त्रालय प्रतिवद्ध रहेको जनाउँदै त्यसका लागि मन्त्रालयसित सम्बन्धित नागरिकका गुनासो, जिज्ञासा र सुझावको विभिन्न माध्यमबाट सम्बोधन गर्दै आएको जनाएको हो।

‘मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन गुनासो सुनुवाइ कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको हो,’ गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने, ‘मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासो सेवाग्राहीले सम्बन्धित निकायकोको हकमा सोही निकायको प्रमुख वा विभागीय प्रमुख समक्ष गुनासो गर्न सकिनेछ।’

उनले गुनासो कक्षबाट मन्त्रालय र अन्तर्रगतका निकायमार्फत प्रवाह हुने सेवा सम्बन्धी गुनासो विभिन्न माध्यम र प्रक्रियाबाट राख्न सकिने जानकारी दिए।

गृहमन्त्री रमेश लेखकले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवा थप सुदृढ बनाउन गुनासो कक्ष स्थापनामा जोड दिएका थिए।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ५ : ४१ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई