‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ दुबैको भन्दा ‘पूर्णबहादुरको सारङ्गी’ कमाइ बढी « Khabarhub

‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ दुबैको भन्दा ‘पूर्णबहादुरको सारङ्गी’ कमाइ बढी

अनुमानित २६ लाख थान टिकट बिक्री


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत दशैँलाई लक्षित गरी चार नेपाली फिल्म प्रदर्शनमा आएका थिए । घटस्थापना अर्थात् असोज १७ बाट बेहुली फ्रम मेघौली प्रदर्शनमा आयो ।

स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेत केन्द्रीय भूमिकामा रहेको उक्त फिल्म सुरुवाती दिनमा उच्च अकुपेन्सीका साथ चल्यो । दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया आयो ।

असोज २४ अर्थात् फूलपातीबाट एक साथ तीन फिल्म घर ज्वाइँ, छक्का पञ्जा–५१२ गाउँ प्रदर्शनमा आयो । जितु नेपाल र नीति शाहको केन्द्रीय भूमिकामा रहेको घर ज्वाइँले लगानी सुरक्षित गरेको निर्माण पक्षको दाबी छ । तर, यसको बक्स अफिस कलेक्सन सम्झना लायक बनेन ।

अन्य दुई फिल्म छक्का पञ्जा–५१२ गाउँको व्यापारले फिल्मी बजार नै ततायो । एकसाथ तीन फिल्म प्रदर्शनमा आएपछि शो सङ्ख्या कटौतीप्रति असन्तुष्टि जनाउँदै निश्चलले आफ्नो फिल्म बेहुली फ्रम मेघौलीलाई हलबाट उतारे ।

चलचित्र विकास बोर्डका अनुसार १४ दिन हलमा चलेको बेहुली फ्रम मेघौलीले चार करोड रुपैयाँको व्यापार गरेको छ । छक्का पञ्जा–५१२ गाउँलाई दर्शकले रुचाए । फलतः प्रदर्शनको चौथो सातासम्म यी दुई फिल्मले हाउसफूल दर्शक पाए ।

यी दुई फिल्मको प्रतिस्पर्धा ‘ग्रस कलेक्सन’मा पनि भयो । घरेलु बजारमै छक्का पञ्जा–५ ले २० करोड र १२ गाउँले २५ करोड रुपैयाँभन्दा माथिको व्यापार गरेको चर्चा चल्यो ।

चलचित्र विकास बोर्डले खबरहबलाई उपलब्ध गराएको बक्स अफिस रिपोर्टमा यी फिल्मको ‘ग्रस कलेक्सन’ चर्चा भए भन्दा कम रहेको पाइएको छ । बोर्डका अनुसार १२ गाउँको व्यापार छक्का पञ्जा ५ भन्दा पाँच करोड रुपैयाँले बढी छ ।

असोज २४ देखि मंसिर १० गतेसम्मको अवधिमा छक्का पञ्जा ५ ले १५ करोड र १२ गाउँ ले २० करोड रुपैयाँमात्रै ग्रस कलेक्सन गरेको बोर्डको दाबी छ ।

पूर्णबहादुरको सारङ्गीको कीर्तिमान

विजय बराल केन्द्रीय भूमिकामा रहेका फिल्म पूर्णबहादुर सारङ्गी बिहीबार २९औं दिनमा प्रदर्शनरत छ ।

लक्ष्मी पूजा अर्थात् कात्तिक १५ बाट प्रदर्शनमा आएको यस फिल्मको सुरुवाती २६ दिनको कलेक्सनले घरेलु बजारमा अहिलेसम्मकै सबैभन्दा बढी ग्रस कलेक्सनको कीर्तिमान नै राखेको छ ।

बोर्डका अनुसार यो फिल्मले २६ दिनमा ३९ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन मंसिर १० सम्म छक्का–पञ्जा ५१२ गाउँ दुवैले गरेको कलेक्सनभन्दा चार करोड रुपैयाँले बढी हो ।

छक्का–पञ्जा ५१२ गाउँ  र बेहुली फ्रम मेघौली गरी तिनै फिल्मको कलेक्सन जोड्दा बल्ल पूर्णबहादुर सारङ्गी को कलेक्सनसँग बराबर हुन्छ ।

बोर्डका अनुसार असोजमा प्रदर्शमा आएका तीन फिल्म बेहुलीफ्रम मेघौली, छक्का पञ्जा–५, १२ गाउँ र कात्तिकमा प्रदर्शनमा आएको पूर्णबहादुरको सारङ्गीगरी चार फिल्मको व्यापार ७८ करोड रुपैयाँ नाघेको छ ।

टिकटदर ३०० राख्ने हो भने चार फिल्मका लागि २६ लाख थान टिकट बिक्री भएको देखिन्छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ६ : २५ बजे

चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधबार अपराह्न भेटवार्ता

प्रहरी प्रधान कार्यालयबाट एकसाथ ४१ मतदान केन्द्र हेर्न सकिने

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन

‘देशभर सुरक्षा व्यवस्था बलियो छ, ढुक्कसाथ मत हाल्नुस्’

काठमाडौं– सरकारले फागुन २१ (बिहीबार) हुने निर्वाचनका लागि हेलिकप्टरमार्फत् सुरक्षा

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

काठमाडौं– यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका झापालगायत कोशी

विशिष्ट पदाधिकारी, दलका नेता र प्रतिष्ठित व्यक्तिका मतदान केन्द्र

काठमाडौं– प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका लागि