कोशी स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु « Khabarhub

कोशी स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा मात्र रु ४१ करोड ३९ लाख १३ हजार बेरुजु देखिएको छ ।

स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले आज मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा कुल रु ४१ करोड ३९ लाख १३ हजार बेरुजु रहेको जानकारी दिए।

भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन आफ्नो पहिलो संकल्प रहेको मन्त्री राईले बताए। 

उनले भने, ‘मन्त्रालयबाट हुने ढिलासुस्तीलाई निरुत्साहित गरी आमनागरिकले प्राप्त गर्ने सेवा विस्तार तथा निःशुल्क औषधि खरिद प्रक्रियालाई प्राथमिकता दिई काम भइरहेको छ, अब जनताले राहतको अनुभूति गर्नेछन् ।’

मन्त्रालयमा आवश्यक जनशक्तिको अभावले कतिपय काम समयमा गर्न नसकेको स्पष्ट गर्दै मन्त्री राईले आर्थिक अभावका कारण कडा किसिमका रोग लागेका नागरिकलाई दिइने सुविधा प्रदान गर्न नसकिएको बताए ।

उनले भने, ‘मन्त्रालयमा हाल जम्मा रु पाँच करोड मात्र बजेट छ, खर्च १४ करोडको छ । यसको उचित व्यवस्थापन गर्दै नागरिकमैत्री सेवा प्रवाह गर्न सङ्घीय सरकारसँग पहल गरिरहेका छौँ ।’

कोशी प्रदेशमा हालसम्म स्वीकृत भएका अस्पताल २४, नवीकरण भएका १४, नयाँ सञ्चालनका लागि स्वीकृत भएका तीन, स्तरोन्नति भएका तीन, ‘एलओआई’ स्वीकृत भएका चार र अस्पतालको लागि निवेदन दर्ता भई स्वीकृत नभएका २३ रहेको जानकारी दिँदै मन्त्री राईले भने, ‘प्रदेश स्वास्थ्य ऐनको मस्यौदा तयार भइसकेको छ । सैद्धान्तिक स्वीकृत पाएपछि सदनमा प्रवेश भई ऐन बनेपछि स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्या सम्बोधन हुने विश्वास लिएको छु । ‘

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ६ : १२ बजे

कांग्रेसको १५औं महाधिवेशनपछि यस्तो देखियो खुलामञ्चको घाँसे मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चको घाँसे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन