गाडीबाट पोखरा लगिएका रविलाई जहाजबाट ल्याइयो काठमाडौं (तस्बिरहरू) « Khabarhub

गाडीबाट पोखरा लगिएका रविलाई जहाजबाट ल्याइयो काठमाडौं (तस्बिरहरू)


१३ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ । त्रिभुवन विमानस्थलमा अवतरणपछि निकाल्ने क्रममा उनका समर्थक र कार्यकर्ताले नाराबाजी पनि गरे ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट पोखरा विमानस्थल हुँदै काठमाडौं ल्याइएको हो । कात्तिक २ गते पक्राउ परेपछि स्थलमार्गबाट पोखरा लगिएका रविलाई फर्काउँदा भने जहाज प्रयोग गरिएको हो ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनबारे बयान लिन उनलाई पोखरा लगिएको ४१ दिनपछि  काठमाडौं ल्याइएको हो ।

उक्त सहकारीको बचत हिनामिना प्रकरणमा यसअघि नै लामिछाने र उनका साझेदार छविलला जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रविलाई बुद्ध एयरको अहिले साढे ५ बजेको उडानमार्फत् काठमाडौं ल्याएर जिल्ला प्रहरी परिसरको हिरासतमा लगिएको छ ।

उता रविका साझेदार जोशीलाई प्रहरीले सातअघि काठमाडौं ल्याएर बयानपछि कास्की प्रहरीकै हिरासतमा फर्काइसकेको छ ।

लामिछानेलाई गत कार्तिक २ गते पक्राउ गरी पोखरा लगिएको थियो । आज ४१औं दिनमा उनलाई काठमाडौं ल्याइएको हो । लामिछानेमाथि चितवनको सहारा सहकारी ठगीको समेत आरोप छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ६ : ३७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको