गाडीबाट पोखरा लगिएका रविलाई जहाजबाट ल्याइयो काठमाडौं (तस्बिरहरू) | Khabarhub Khabarhub

गाडीबाट पोखरा लगिएका रविलाई जहाजबाट ल्याइयो काठमाडौं (तस्बिरहरू)


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ । त्रिभुवन विमानस्थलमा अवतरणपछि निकाल्ने क्रममा उनका समर्थक र कार्यकर्ताले नाराबाजी पनि गरे ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट पोखरा विमानस्थल हुँदै काठमाडौं ल्याइएको हो । कात्तिक २ गते पक्राउ परेपछि स्थलमार्गबाट पोखरा लगिएका रविलाई फर्काउँदा भने जहाज प्रयोग गरिएको हो ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनबारे बयान लिन उनलाई पोखरा लगिएको ४१ दिनपछि  काठमाडौं ल्याइएको हो ।

उक्त सहकारीको बचत हिनामिना प्रकरणमा यसअघि नै लामिछाने र उनका साझेदार छविलला जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रविलाई बुद्ध एयरको अहिले साढे ५ बजेको उडानमार्फत् काठमाडौं ल्याएर जिल्ला प्रहरी परिसरको हिरासतमा लगिएको छ ।

उता रविका साझेदार जोशीलाई प्रहरीले सातअघि काठमाडौं ल्याएर बयानपछि कास्की प्रहरीकै हिरासतमा फर्काइसकेको छ ।

लामिछानेलाई गत कार्तिक २ गते पक्राउ गरी पोखरा लगिएको थियो । आज ४१औं दिनमा उनलाई काठमाडौं ल्याइएको हो । लामिछानेमाथि चितवनको सहारा सहकारी ठगीको समेत आरोप छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ६ : ३७ बजे

चिसो लागेर प्रधानमन्त्री बिरामी, बालुवाटारमै आराम गर्दै

काठमाडौं– चिसोले बिरामी परेपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार पनि

चिसो बढेपछि सर्वसाधारणलाई राहत दिन धनुषा ट्राफिकले दाउरा बाँड्दै

जनकपुरधाम– नेपालको तराई क्षेत्र विशेष गरी धनुषा जिल्लामा चिसोको कारण

व्यापार गर्दा १६ दिन हिरासत बसेका लक्ष्मण आचार्य !

काठमाडौं – माथि फोटोमा देखिएका व्यक्ति हुन् लक्ष्मण आचार्य !

सगरमाथा यात्रा दस्तुर बढ्यो, विदेशीले थप ४ हजार डलर तिर्नुपर्ने

 काठमाडौं– नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ ।

भीम रावललाई सघाउने नेता-कार्यकर्तामाथि एमालेले चलाउन थाल्यो कारबाहीको डन्डा

अछाम- गत पुस ११ गतेको सचिवालय बैठकबाट निष्कासित पूर्वउपाध्यक्ष डा.