प्रधानमन्त्री बनिदिनुस् भन्दै प्रचण्ड खबर पठाइरहन्छन् : गगन थापा « Khabarhub

प्रधानमन्त्री बनिदिनुस् भन्दै प्रचण्ड खबर पठाइरहन्छन् : गगन थापा


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बनिदिनुस् भन्दै हप्तामा एक पटक खबर पठाइरहेको बताएका छन्।

बिहीबार कीर्तिपुरमा आयोजित उपनिर्वाचनको अन्तिम चुनावी सभालाई सम्बोधनका क्रममा थापाले वर्तमान गठबन्धन फुटाउन प्रचण्डले गरिरहेको प्रयासबारे खुलासा गरेका हुन् ।

भ्रष्टाचारीको संरक्षण गर्न कांग्रेस–एमाले गठबन्धन सरकार बनेको भनेर प्रचण्डले लगाउने आरोपको पनि थापाले खण्डण गरेका छन् ।

‘प्रचण्डले अहिले भर्खरै भनेर जानुभएछ- यो यो कारणले सरकार फेरियो । कांग्रेस अहिले पनि संसद्को सबैभन्दा ठूलो पार्टी हो । अहिले पनि प्रचण्डले हप्तामा एक पटक कांग्रेसलाई खबर पठाउनुहुन्छ-लौन प्रधानमन्त्री बनिदिनुस् भन्दै’, थापाले सम्बोधनका क्रममा भने ।

थापाले कार्यकर्तालाई सम्बोधनका क्रममा कांग्रेसले राजनीतिक स्थिरता चाहेकाले ०८४ सम्म एमालेसँग मिलेर जाने बताए ।

‘आज केपी ओली नेतृत्वको सरकारमा हामी छौँ । हामी इमानदारीपूर्वक यो सरकारलाई लिएर जान चाहन्छौँ’, उनले भने, ‘हामी अहिले यो सरकारलाई तलमाथि गर्ने पक्षमा छैनौँ । हामी यही सरकारमार्फत परिणाम दिन चाहन्छौँ ।’

महामन्त्री थापाले केही दलहरुले मिसन ०८४ अभियान चलाइरहेको बताउँदै त्यसको औचित्य नरहेको उल्लेख गरेका छन्। अरुलाई ०८४ को चिन्ता हुँदा ८१, ८२ र ८३ को जिम्मा लिन कांग्रेस तयार रहेको पनि थापाले बताएका छन् ।

‘मिसन ०८४ म कुनै अर्थ देख्दिनँ । ०८४ का कुरा छोड्नुस् । ८१, ८२ र ८३ को जिम्मा कसले लिन्छ ? कोही लिँदैन । कांग्रेस त्यसको जिम्मा लिन चाहन्छ । हामी काम गर्न चाहन्छौँ, परिणाम दिन चाहन्छौँ,’ थापाले भने ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ६ : ५१ बजे

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू

गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी मीन विश्वकर्माले कुनै

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका नाममा दीर्घकालीन महत्वका

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा