प्रधानमन्त्री बनिदिनुस् भन्दै प्रचण्ड खबर पठाइरहन्छन् : गगन थापा | Khabarhub Khabarhub

प्रधानमन्त्री बनिदिनुस् भन्दै प्रचण्ड खबर पठाइरहन्छन् : गगन थापा


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बनिदिनुस् भन्दै हप्तामा एक पटक खबर पठाइरहेको बताएका छन्।

बिहीबार कीर्तिपुरमा आयोजित उपनिर्वाचनको अन्तिम चुनावी सभालाई सम्बोधनका क्रममा थापाले वर्तमान गठबन्धन फुटाउन प्रचण्डले गरिरहेको प्रयासबारे खुलासा गरेका हुन् ।

भ्रष्टाचारीको संरक्षण गर्न कांग्रेस–एमाले गठबन्धन सरकार बनेको भनेर प्रचण्डले लगाउने आरोपको पनि थापाले खण्डण गरेका छन् ।

‘प्रचण्डले अहिले भर्खरै भनेर जानुभएछ- यो यो कारणले सरकार फेरियो । कांग्रेस अहिले पनि संसद्को सबैभन्दा ठूलो पार्टी हो । अहिले पनि प्रचण्डले हप्तामा एक पटक कांग्रेसलाई खबर पठाउनुहुन्छ-लौन प्रधानमन्त्री बनिदिनुस् भन्दै’, थापाले सम्बोधनका क्रममा भने ।

थापाले कार्यकर्तालाई सम्बोधनका क्रममा कांग्रेसले राजनीतिक स्थिरता चाहेकाले ०८४ सम्म एमालेसँग मिलेर जाने बताए ।

‘आज केपी ओली नेतृत्वको सरकारमा हामी छौँ । हामी इमानदारीपूर्वक यो सरकारलाई लिएर जान चाहन्छौँ’, उनले भने, ‘हामी अहिले यो सरकारलाई तलमाथि गर्ने पक्षमा छैनौँ । हामी यही सरकारमार्फत परिणाम दिन चाहन्छौँ ।’

महामन्त्री थापाले केही दलहरुले मिसन ०८४ अभियान चलाइरहेको बताउँदै त्यसको औचित्य नरहेको उल्लेख गरेका छन्। अरुलाई ०८४ को चिन्ता हुँदा ८१, ८२ र ८३ को जिम्मा लिन कांग्रेस तयार रहेको पनि थापाले बताएका छन् ।

‘मिसन ०८४ म कुनै अर्थ देख्दिनँ । ०८४ का कुरा छोड्नुस् । ८१, ८२ र ८३ को जिम्मा कसले लिन्छ ? कोही लिँदैन । कांग्रेस त्यसको जिम्मा लिन चाहन्छ । हामी काम गर्न चाहन्छौँ, परिणाम दिन चाहन्छौँ,’ थापाले भने ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ६ : ५१ बजे

सुप्रिम सहकारी ठगीमा रविमाथि थुनछेक बहस सुरु

रूपन्देही– रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम

नागरिकता दिइसकेपछि गैरआवासीय नेपालीलाई भिसाको प्रावधान गलत : सांसद गिरी

काठमाडौं- नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई

आखेटोपहारसहित दुई जना पक्राउ

चितवन– संरक्षित वन्यजन्तु हिउँ चितुवाको आखेटोपहारसहित दुई जना पक्राउ परेका

जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य घटेको छ ।