ओली सरकारमा जस्तो कमजोर सुशासन कहिल्यै थिएन : वर्षमान « Khabarhub

ओली सरकारमा जस्तो कमजोर सुशासन कहिल्यै थिएन : वर्षमान


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

रोल्पा- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले इतिहासमै अहिलेजत्तिको कमजोर सुशासन कहिल्यै नभएको बताएका छन् ।

गृहजिल्ला रोल्पाको रुण्टीगढी गाउँपालिका–४ मा बिहीबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पुनले र्दुइ ठूला दल काँग्रेस र एमालेको सरकार बनेपछि सुशासन कमजोर भएको र भ्रष्टाचार बढेको बताए ।

सहकारी ठगी प्रकरणमा उस्तै गल्ती गर्ने अरुमाथि कारबाही भए पनि सत्तारुढ काँग्रेस र एमालेका नेतालाई छानीछानी उन्मुक्ति दिने काम भएको उनको भनाइ थियो ।

‘उस्तै गल्तीमा एउटामाथि कारबाही भएको छ । उस्तै घटनामा काँग्रेस–एमाले नेतामाथि कारबाही त परको कुरा बोलाएर सोधपुछ गर्ने र छानबिनको दायरामा राख्ने समेत काम भएको छैन’, पुनले भने ।

यस्तै उनले मानव तस्करसँग मिलेर युवाहरुलाई जापान लैजाने कोशी प्रदेशका पूर्वआन्तरिका मामिलामन्त्री एवं एमाले सांसद लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएकामा सरकारप्रति आपत्ति जनाए ।

‘मानव तस्करसँग मिलेर मान्छे लगेकामा जापानले डिपोर्ट गरेको छ । प्रहरीले १२ जनामाथि मुद्धा चलाउनुपर्ने प्रतिवेदन दिन्छ । तर, सरकारी वकिललले बिचौलियाको पैसामा जापान जाने मन्त्रीसहित ११ जनामाथि मुद्धा चलाउँछ, मानव तस्करीजस्तो गम्भीर अपराधमा मुछिएका एमालेका मन्त्रीलाई उन्मुक्ति दिन्छ’, पुनले भने, ‘पैसा खानेलाई उन्मुक्ति पैसा बुझाउनेलाई चाहिँ कारबाही ? कांग्रेस–एमालेको सुशासन यस्तो छ ।’

लोकतन्त्रमा संधिवान, कानून र स्थापित विधिभन्दा माथि कोही नरहेकोमा पुनले जोड दिए ।

पुनले ०४६ देखि ०६२ सम्म जनताबाट तिरस्कृत काँग्रेस–एमालेलाई आफूहरुले १२ बुँदे सहमतिमार्फत गणतन्त्र, संविधान लेखन र परिवर्तनको प्रक्रियामा ल्याएपछि जनताले माफी दिएको बताए ।

‘संविधान र परिवर्तनका एजेण्डा उल्ट्याएर आफनाले जतिसुकै ठूलो भ्रष्टाचार गरे पनि उन्मुक्ति दिने र अरुले बोल्दा पनि प्रतिशोध लिने प्रवृत्ति हाबी भएको छ’, उनले भने ।

अहिले फेरि संविधान संशोधनका नाममा परिवर्तनको प्रक्रियाबाट पछि हट्न खोजेकाले दुई दल दण्डित हुने चेतावनी पुनको थियो । पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला सुशासनको पक्षमा भ्रष्टाचारविरोधी अभियान चालिएको दाबी गरे ।

उनले सुशासन कमजोर भएको र भष्टाचार तथा अनियमितताका घटना बढेकाले लोकतन्त्रको सर्भिसिङ गर्नुपर्ने बेला आएको बताए ।

पुनले मुलुकमा बाढी पहिरो जाँदा अमेरिका सयर गरिरहेका प्रधानमन्त्रीले स्वदेश फर्किएपछि आफन्त गुमाएकाहरुलाई सान्त्वना दिनुको साटो ‘भैंसी दुहुन गएको होइन’ भन्नु जनतालाई हेपेको रुपमा व्याख्या गरे ।

यस्तै कार्यबाहक प्रधानमन्त्री सुतेर बसेको र गृहमन्त्री भिजिबिलीटी पुगेन भनेर बस्दा नख्खु खोलामा चार घण्टासम्म छतमा बसेर ज्यान बचाउन गुहार माग्नेहरुलाई बगाएको घटना कसैले बिर्सन नक्ने उनको भनाइ थियो ।

‘दर्जनौं मानिस बाढीपहिरोबाट मरेका छन् । प्रम विदेश सयरमा हुनुहुन्छ । कार्यबाहक प्रधानमन्त्री सुतेर बस्नुभएको छ । गृहमन्त्रीलाई केही थाहा छैन । गल्ती भयो । सकिएन, मौसम विभागले भन्दाभन्दै पनि हाम्रो तयारी पुगेन भन्नुपर्नेमा प्रधानमन्त्रीले स्वदेश फर्किएपछि ‘भैंसी दुहुन गएको होइन’ भन्नुभयो’, पुनले भने ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ८ : ०३ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक