ओली सरकारमा जस्तो कमजोर सुशासन कहिल्यै थिएन : वर्षमान « Khabarhub

ओली सरकारमा जस्तो कमजोर सुशासन कहिल्यै थिएन : वर्षमान


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

रोल्पा- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले इतिहासमै अहिलेजत्तिको कमजोर सुशासन कहिल्यै नभएको बताएका छन् ।

गृहजिल्ला रोल्पाको रुण्टीगढी गाउँपालिका–४ मा बिहीबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पुनले र्दुइ ठूला दल काँग्रेस र एमालेको सरकार बनेपछि सुशासन कमजोर भएको र भ्रष्टाचार बढेको बताए ।

सहकारी ठगी प्रकरणमा उस्तै गल्ती गर्ने अरुमाथि कारबाही भए पनि सत्तारुढ काँग्रेस र एमालेका नेतालाई छानीछानी उन्मुक्ति दिने काम भएको उनको भनाइ थियो ।

‘उस्तै गल्तीमा एउटामाथि कारबाही भएको छ । उस्तै घटनामा काँग्रेस–एमाले नेतामाथि कारबाही त परको कुरा बोलाएर सोधपुछ गर्ने र छानबिनको दायरामा राख्ने समेत काम भएको छैन’, पुनले भने ।

यस्तै उनले मानव तस्करसँग मिलेर युवाहरुलाई जापान लैजाने कोशी प्रदेशका पूर्वआन्तरिका मामिलामन्त्री एवं एमाले सांसद लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएकामा सरकारप्रति आपत्ति जनाए ।

‘मानव तस्करसँग मिलेर मान्छे लगेकामा जापानले डिपोर्ट गरेको छ । प्रहरीले १२ जनामाथि मुद्धा चलाउनुपर्ने प्रतिवेदन दिन्छ । तर, सरकारी वकिललले बिचौलियाको पैसामा जापान जाने मन्त्रीसहित ११ जनामाथि मुद्धा चलाउँछ, मानव तस्करीजस्तो गम्भीर अपराधमा मुछिएका एमालेका मन्त्रीलाई उन्मुक्ति दिन्छ’, पुनले भने, ‘पैसा खानेलाई उन्मुक्ति पैसा बुझाउनेलाई चाहिँ कारबाही ? कांग्रेस–एमालेको सुशासन यस्तो छ ।’

लोकतन्त्रमा संधिवान, कानून र स्थापित विधिभन्दा माथि कोही नरहेकोमा पुनले जोड दिए ।

पुनले ०४६ देखि ०६२ सम्म जनताबाट तिरस्कृत काँग्रेस–एमालेलाई आफूहरुले १२ बुँदे सहमतिमार्फत गणतन्त्र, संविधान लेखन र परिवर्तनको प्रक्रियामा ल्याएपछि जनताले माफी दिएको बताए ।

‘संविधान र परिवर्तनका एजेण्डा उल्ट्याएर आफनाले जतिसुकै ठूलो भ्रष्टाचार गरे पनि उन्मुक्ति दिने र अरुले बोल्दा पनि प्रतिशोध लिने प्रवृत्ति हाबी भएको छ’, उनले भने ।

अहिले फेरि संविधान संशोधनका नाममा परिवर्तनको प्रक्रियाबाट पछि हट्न खोजेकाले दुई दल दण्डित हुने चेतावनी पुनको थियो । पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला सुशासनको पक्षमा भ्रष्टाचारविरोधी अभियान चालिएको दाबी गरे ।

उनले सुशासन कमजोर भएको र भष्टाचार तथा अनियमितताका घटना बढेकाले लोकतन्त्रको सर्भिसिङ गर्नुपर्ने बेला आएको बताए ।

पुनले मुलुकमा बाढी पहिरो जाँदा अमेरिका सयर गरिरहेका प्रधानमन्त्रीले स्वदेश फर्किएपछि आफन्त गुमाएकाहरुलाई सान्त्वना दिनुको साटो ‘भैंसी दुहुन गएको होइन’ भन्नु जनतालाई हेपेको रुपमा व्याख्या गरे ।

यस्तै कार्यबाहक प्रधानमन्त्री सुतेर बसेको र गृहमन्त्री भिजिबिलीटी पुगेन भनेर बस्दा नख्खु खोलामा चार घण्टासम्म छतमा बसेर ज्यान बचाउन गुहार माग्नेहरुलाई बगाएको घटना कसैले बिर्सन नक्ने उनको भनाइ थियो ।

‘दर्जनौं मानिस बाढीपहिरोबाट मरेका छन् । प्रम विदेश सयरमा हुनुहुन्छ । कार्यबाहक प्रधानमन्त्री सुतेर बस्नुभएको छ । गृहमन्त्रीलाई केही थाहा छैन । गल्ती भयो । सकिएन, मौसम विभागले भन्दाभन्दै पनि हाम्रो तयारी पुगेन भन्नुपर्नेमा प्रधानमन्त्रीले स्वदेश फर्किएपछि ‘भैंसी दुहुन गएको होइन’ भन्नुभयो’, पुनले भने ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ८ : ०३ बजे

विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको पहलो क्वालिफायरमा मंगलबार विराटनगर किङ्ग्स

एमाले नेतृहरूको आरोप : ओलीले पार्टीमा राजनीतिक महिला हिंसा गरे

काठमाडौं- नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान अध्यक्ष केपी शर्मा

एउटा व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

काठमाडौं– कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

काठमाडौं– नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल

७ अंकले बढ्यो नेप्से, अधिकांश कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३९ अंकले बढेको छ