फिल्म ‘जन्ते बाख्रो’को शुभ मुहूर्त, पुस २० बाट सुटिङ « Khabarhub

फिल्म ‘जन्ते बाख्रो’को शुभ मुहूर्त, पुस २० बाट सुटिङ


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सौगात मल्ल र नायिका गरिमा शर्माको केन्द्रीय भूमिका रहने फिल्म ‘जन्ते बाख्रो’को शुभ मुहूर्त भएको छ । निर्माण पक्षले शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गरेको हो ।

सौगात र गरिमाले मुहूर्त सट दिएका थिए । निर्देशक सिमोस सुनुवारले पुस २० गतेबाट छायाङ्कनमा जाने तयारी रहेको जनाए ।

फिल्ममा सौगात र गरिमासहित आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक र कमल देवकोटा लगायतको अभिनय रहने बताइएको छ ।

यो फिल्मको कथा बेहुली लिन जाँदा खाइने भोज ‘जन्ते बाख्रो’ वरपर आधारित भएको बताइएको छ ।

यस फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

मुइन इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यस फिल्मको निर्माता सन्तोष गौतम हुन् ।

फिल्मको प्रदर्शन मितिबारे निर्माण पक्षले खुलाएको छैन ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ५ : ३० बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी