फिल्म ‘जन्ते बाख्रो’को शुभ मुहूर्त, पुस २० बाट सुटिङ « Khabarhub

फिल्म ‘जन्ते बाख्रो’को शुभ मुहूर्त, पुस २० बाट सुटिङ


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सौगात मल्ल र नायिका गरिमा शर्माको केन्द्रीय भूमिका रहने फिल्म ‘जन्ते बाख्रो’को शुभ मुहूर्त भएको छ । निर्माण पक्षले शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गरेको हो ।

सौगात र गरिमाले मुहूर्त सट दिएका थिए । निर्देशक सिमोस सुनुवारले पुस २० गतेबाट छायाङ्कनमा जाने तयारी रहेको जनाए ।

फिल्ममा सौगात र गरिमासहित आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक र कमल देवकोटा लगायतको अभिनय रहने बताइएको छ ।

यो फिल्मको कथा बेहुली लिन जाँदा खाइने भोज ‘जन्ते बाख्रो’ वरपर आधारित भएको बताइएको छ ।

यस फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

मुइन इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यस फिल्मको निर्माता सन्तोष गौतम हुन् ।

फिल्मको प्रदर्शन मितिबारे निर्माण पक्षले खुलाएको छैन ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ५ : ३० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्