कालिकोटमा भूकम्पको धक्का : १३ दिनमा पश्चिम नेपालमा सात वटा परकम्प « Khabarhub

कालिकोटमा भूकम्पको धक्का : १३ दिनमा पश्चिम नेपालमा सात वटा परकम्प


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो ।

यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गयो ।

पुस छ गते बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेटमा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ ।

विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो ।

विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच परकम्प गएको हो ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ५ : ३५ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको