हाउथीले इजरायलमा आक्रमण नरोक्ने « Khabarhub

हाउथीले इजरायलमा आक्रमण नरोक्ने


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

इजरायल – यमनमा इजरायली आक्रमण जारी रहनुका बाबजुद हाउथीको राजनीतिक नेतृत्वले प्यालेस्टाइनी प्रतिको एकबद्धता स्वरूप इजरायलमा आक्रमण गरी रहने बताएका छन्।

‘गाजामा नरसंहार जारी रहेसम्म इजरायल माथिको आक्रमण जारी रहने छ,’ नेता मोहम्मद अल बुखाइतीले भने। बिहीबार मात्र इजरायली युद्ध विमानले यमनको राजधानी सानासहित बन्दरगाह, ऊर्जा केन्द्र र रेडसीको किनारमा प्रहार गरेको थियो।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको समर्थनमा हाउथीले एक वर्षदेखि गरेको आक्रमणको प्रतिक्रिया दिन भर्खर सुरु गरेको बताएका छन्।

त्यो रात हाउथीले पनि अर्को ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। सो मिसाइल इजरायलको क्षेत्रमा खस्न अगाडि नै ध्वस्त भएको थियो। संयुक्त राष्ट्र संघले भने एयरपोर्टमा आक्रमण हुनुलाई गम्भीरतापूर्वक लिएको जनाएको छ।

सन् २०२३ को अक्टोबरमा गाजामा युद्ध सुरु भएपछि पश्चिम यमनमा पकड जमाएको हाउथीले इजरायलमा आक्रमण गरेको थियो।

जुलाई यता इजरायलले हाउथीमाथि लक्षित गर्दै यमनमा चार चरण प्रहार गरी सकेको छ। रेड सी र आयडेनका खाडीलाई हाउथीबाट जोगाउनका लागि अमेरिका र बेलायतले पनि आक्रमण गरेका छन्।

यमनसँग एक दशक लामो सङ्घर्ष गरेको हाउथीले अबको लडाइँ अमेरिका, बेलायत र इजरायलसँग एकै पिटक हुने बताएको छ।

सन् २०१५ मा सानामा हाउथीको उपस्थितिपछि साउदी अरेबियाले पनि अप्रत्यक्ष रूपमा सरकारलाई साथ दिँदै त्यहाँ हस्तक्षेप गरेको आरोप मोहम्मद अल बुखाइटीको छ।

बबुखाइटीले आफूहरूलाई इरानको सहयोग समेत आवश्यक नभएको बताएका छन्। उनले अर्को महिना डोनाल्ड ट्रम्पले सरकारमा उपस्थिति जनाए पनि हाउथीमाथि आक्रामक हुने सम्भावना भए पनि त्यो कदम ब्याक फायर हुन सक्ने बताए।

बेन्जानिम नेतान्याहुले भने इरानबाट संरक्षित सबै आतङ्ककारीलाई नास गर्ने नीति रहेको बताउँदै आएका छन्।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ७ : ५४ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको