कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए | Khabarhub Khabarhub

कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् ।

टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको जानकारी दिए । ‘प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ थिए,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक जोशीले भने, “न्यौपानेको टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए ।’ उनका अनुसार घाइते भएको जानकारी पाइएपछि उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल लगिएको थियो

त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर पुर्याइएको छ । न्यौपानेले के कति कारणले गोली चलाएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीको भनाइ छ ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ९ : ५५ बजे

राप्रपाको केन्द्रीय समिति बैठक आजबाट 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समितिको बैठक आजबाट सुरु

स्थानीको विरोधपछि रेलमार्ग निर्माणको काम रोकियो

जलेश्वर – स्थानीयवासीको विरोधका कारण महोत्तरीको बर्दिबासमा रेलमार्ग निर्माणको काम

तीन प्रदेशको मौसम आंशिक बदली रहने

काठमाडौं– हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव

अमेरिकी डलरको भाउ बढ्दा कुन-कुन विदेशी मुद्राको घट्यो ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जन्मको आधारमा नागरिकता नदिने ट्रम्पको निर्णय असंवैधानिक भएको अदालतको ठहर

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको जन्मको आधारमा दिने