प्रजातान्त्रिक आन्दोलनमा पीएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह « Khabarhub

प्रजातान्त्रिक आन्दोलनमा पीएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पीएल सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।

शनिबार सिंहको १३ औँ दिनको पुण्यतिथिमा नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पीएल सिंहले ०४२ सालको सत्याग्रह र ०४६ सालको जनआन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गरे ।

कांग्रेस पूर्वमहामन्त्रीसमेत भइसकेका सिंहले पीएल सिंहले प्रजातान्त्रिक आन्दोलनसँगै असहज बेलामा आफ्नो परिवारको समेत ख्याल गरेको बताए । ०४२ सालको सत्याग्रह र ०४६ सालको जनआन्दोलनका बेलामा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

त्यस्तै काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएपछि पीएलले आफ्नो कार्यकालमा काठमाडौंलाई महानगर बनाएको र काठमाडौंको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाएर आधुनिक काठमाडौं बनाउन नेतृत्वदायी भूमिका खेलेको सन्दर्भ पनि  सिंहले चर्चा गरे।

कांग्रेस काठमाडौं सभापति सबुज बानियाँको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री कृष्ण सिटौला,स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कांग्रेस नेता भीमसेनदास प्रधान, राजन केसीलगायत काठमाडौं जिल्ला समिति,महानगर समितिका सभापति नीलकाजी शाक्य, नेतृ सिर्जना सिंह, कांग्रेस काठमाडौं जिल्ला समिति, महानगर समितिका पदाधिकारी, सदस्य तथा भातृ संघसंस्थाका नेता कार्यकर्ता सहभागी थिए ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  १ : ०२ बजे

प्रेसविरोधी कार्य सैह्य छैन: पत्रकार महासंघ

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर पत्रकार धम्क्याउने व्यक्तिलाई कानुनी कारबाही

बाढीपहिरोको जोखिम बढेपछि कान्ति राजमार्गमा दुईदिन रात्रिकालीन सवारी आवागमन बन्द

हेटौँडा– अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचबिखन गर्न आग्रह

बाँके– नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचबिखन गर्न

मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप

काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट– फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा