सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बन्दै बेत « Khabarhub

सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बन्दै बेत


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

घोडाघोडी – कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बेत बन्दै गएको छ । तीन सय हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक वनबाट प्रत्येक वर्ष ठूलो मात्रामा बेत बिक्री हुने भएकाले आम्दानीको प्रमुख बनेको सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले बताए।

‘सुदूरपश्चिममा सबैभन्दा बढी बेत उत्पादन हुने यही वन हो’, चौधरीले भने, ‘वनको आम्दानीको मुख्य काठ नभई बेत नै बनेको छ । सानो र ठूलो गरी चार वटा प्लटमा बेत उत्पादन गरिन्छ ।’

बेत काट्नका लागि अनुभवी कामदार आवश्यक पर्छ । ‘गत वर्ष ठूलो परिमाण भएको प्लटको बेत काटेका थियौ । उनले भने, ‘वन कार्य योजनाअनुसार छ हजार पाँच सय क्विन्टल काट्ने अनुमति पाएका थियौँ । तर अनुभवी कामदारको अभावले दुई हजार सात सय क्वीन्टल बेत मात्रै काट्न सक्यौँ ।’

बेतका कारण स्थानीय उपभोक्ताले रोजगारी पाउने गर्दछन् । प्रत्येक वर्ष फागुन १५ गतेपछि दुई महिनासम्म बेत काट्ने गरिन्छ । बेत काटेबापत स्थानीय उपभोक्ताहरूले प्रतिकिलो १०का दरले पारिश्रमिक पाउँछन् । एक जनाले दिनमा रु एक हजारदेखि दुई हजारसम्म कमाउँछन्, चौधरीले भने।

बेत बिक्रीका लागि स्थानीय उपभोक्तालाई प्रतिकिलो ५० का दरले बिक्री गरिन्छ भने अन्यलाई ९० तोकिएको छ । गत वर्ष दुई हजार सात सय क्विन्टल काटेको बेत सुकेर नौ सय क्विन्टल भएको थियो । जसलाई प्रतिकिलो ९० का दरले छ सय क्विन्टलका बिक्रीका लागि बोलपत्र आह्वान गरिएको उनको भनाइ छ ।

‘जिल्लामा बेतको माग  धेरै छ’, चौधरीले भने, ‘नियमअनुसार १० प्रतिशत स्थानीय उपभोक्ता र १० प्रतिशत जिल्लाभित्रका उपभोक्तालाई मात्रै दिन पाइन्छ ।’

नजिकै रहेको सामुदायिक वनबाट बेत बास पाउँदा सहज हुने गरेको उद्योग सञ्चालक भरतलाल बिक बताउँछन्। विगत पाँच वर्षदेखि बेत बाँस उद्योग सञ्चालन गरिरहेका उनले उद्योगमा स्थानीय ३५ जनाभन्दा धेरैलाई रोजगारी पनि दिए ।

उनले बेत खरिदका लागि भने समस्या हुने गरेको बताए। विकले भने, ‘धेरै बेत आवश्यक हुँदा टेण्डर प्रक्रियामा नै जानुपर्छ । टेण्डरमा जाँदा एकमुष्ट धेरै लगानी हामी लगाउन सक्दैनौँ । सबै बेत बाहिर जान्छ र हामीलाई कच्चापदार्थको अभाव हुन्छ । स्थानीय उद्योगमा खपत भई बाँकी रहेको बेत टेण्डर लगाउने गरेको भए सहज हुन्थ्यो’, उनले भने।

कर्णाली नदीको छेउमा रहेकाले सत्ती कर्णाली सामुदायिक वन कटान हुँदै गएको छ । पचास हेक्टरभन्दा बढी वन कटान भइसकेको छ । कटानका कारण मुख्य आम्दानीको स्रोतका रूपमा रहेको बेतहरू बगेर जाने गर्दछन् । वन कटानसँगै नजिकै रहेको बस्ती पनि जोखिममा छ ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  १ : ३३ बजे

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा