सौराहामा हात्तीलाई वनभोज खुवाइयो « Khabarhub

सौराहामा हात्तीलाई वनभोज खुवाइयो


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनको सौराहामा जारी १८ औ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत हात्तीलाई वनभोज खुवाइएको छ ।

सधैँ जंगल सफारीमा व्यस्त रहने हात्तीहरूलाई वनभोज खुवाइएको हो । वनभोजमा हात्तीलाई मन पर्ने उखु, गुलियो भात, ड्रागन फ्रुट, हरियो मकै, खरभुजा, फर्सी, कुची लगायतको विभिन्न परिकारहरू दिइएको महोत्सवका संयोजक राम कुमार अर्यालले बताए ।

हात्ती महोत्सवमा हात्ती मैत्री खेलका साथ साथै हात्तीलाई मनोरञ्जन गराउन वनभोजको आयोजना गरिएको संयोजक अर्यालले बताए । वनभोजमा ३५ वटा निजी हात्तीहरूलाई सहभागी गराइएको थियो ।

महोत्सवमा हात्तीले वनभोज खाएको हेर्न दर्शकहरूको घुइँचो लागेको थियो । हात्तीको वनभोज महोत्सवको मुख्य आकर्षण रहेको छ । क्रिसमस र अग्रे जी नयाँ वर्षको अवसरमा चितवनमा पर्यटकहरूको बसाई लम्बाउने उद्देश्यले हात्ती महोत्सव आयोजना गरिएको हो ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ६ : १६ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने