भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन : प्रचण्ड « Khabarhub

भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन : प्रचण्ड


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनका लागि भ्रष्टाचारविरुद्ध आन्दोलन निरन्तर अगाडि बढाइने बताएका छन् ।

कञ्चनपुरको पुनर्वासमा आज आयोजित भ्रष्टाचारविरुद्ध खबरदारी सभामा उनले अठार महिनाको अवधिमा सरकारमा रहँदा पनि भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान थालनी गरिएको बताए ।

“मेरो नेतृत्वको सरकारकै पालमा मिटरब्याजीविरुद्ध अभियान सञ्चालन गरेका थियौँ । भारत सरकारसँग ऊर्जासम्बन्धी समझदारी, चीनसँगको पारवहन सम्झौतासँगै विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोडने काम पनि भयो”, अध्यक्ष दाहालले भने ।

उनले माओवादी केन्द्र बलियो भएमा देशमा सुशासन र विकासले गति लिने भन्दै देशैभर एकबद्ध हुँदै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  १० : ४५ बजे

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका

आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना

गण्डकी– गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई

लगातारको वर्षापछि काठमाडौंमा मौसम खुल्दै (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षापछि खुल्दै काठमाडौंको मौसम बङ्गालको खाडीमा विकसित चक्रवातको

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई

न्युयोर्क– विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना