अमेरिकामा साङ्गीतिक कार्यक्रम गरिने « Khabarhub

अमेरिकामा साङ्गीतिक कार्यक्रम गरिने


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्तराज्य अमेरिकाका विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले साङ्गीतिक तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रम हुने भएको छ ।

‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ शीर्षकमा तीन भिन्न कार्यक्रम आयोजना गरिने आयोजक ‘फ्लाइ नेपा’का अध्यक्ष विनोद अधिकारीले जानकारी दिए ।

उनले भने, ‘हामीले मनोरञ्जनको पूर्ण खुराक तयार गरेका छौँ । यसमा हाँस्ने, नाच्ने र सुन्ने तीनै विधालाई समेटेका छौँ । हामी यसलाई अझै सभ्य र भव्य रूपमा गर्ने तयारीमा छौँ । अमेरिकाका विभिन्न सहरमा आगामी फेब्रुअरी र अप्रिलमा कार्यक्रम प्रस्तुत गरिने छ ।’

अध्यक्ष अधिकारीले ‘अब नाच्छ अमेरिका २’ अन्तर्गत गायक बद्री पङ्गेनी र प्रताप दास, गायिका कला लम्साल र एलिना चौहान, ‘अब सुन्छ अमेरिका’ अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेल तथा ‘अब हाँस्छ अमेरिका २’ मा मिस पवि, पवन खतिवडा, सुजीता श्रेष्ठलगायतको प्रस्तुति रहने जानकारी दिए ।

गायक प्रताप दासले आफूलगायत सम्पूर्ण कलाकारले प्रस्तुतिको तयारी गरिरहेको बताए । उनले भने, ‘हामीले अमेरिकाको परिवेश सुहाउँदो प्रस्तुति दिने तयारी गरिरहेका छौँ । यसपटक हामीसँगै दर्शकलाई नचाउने तयारी गरिरहेका छौँ । यो साङ्गीतिक यात्रा रमाइलो र स्मरणीय हुनेमा विश्वस्त छौँ ।

आयोजकका अनुसार अमेरिकाको न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो, क्यालिफोर्नियालगायत सहरमा कार्यक्रम हुनेछ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ७ : ३५ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई