स्कटल्याण्डविरुद्ध नेपाल : नेपालको कसिलो बलिङ, सन्दीपले लिए विकेट « Khabarhub

स्कटल्याण्डविरुद्ध नेपाल : नेपालको कसिलो बलिङ, सन्दीपले लिए विकेट


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालले स्कटल्याण्डविरुद्ध कसिलो बलिङ गरेको छ । अमेरिकासँगको अघिल्लो खेलमा विकेटविहीन बनेका सन्दीप लामिछानेले पनि जारी खेलमा विकेट लिएका छन्‌ ।

खेलको २५ ओभर सकिँदा ५ विकेट गुमाएको स्कटल्याण्ड यो समाचार तयार पार्दासम्म ३.२६ रनरेटमा ८१ रन जोडेर खेलिरहेको छ । पहिलो ओभरको पाँचौँ बलमै क्यानडाका ओपनर ब्याट्सम्यान चार्ली टिअरको विकेट करण केसीले लिएका थिए ।

सोमपाल कामीले ७.६ ओभरमा एन्ड्रयू उमिदलाई बोल्ड गर्दा ११.५ ओभरमा सन्दीप लामिछानेले ब्रान्डोन म्याक्म्युलेनलाई एलबीडब्यू धरापमा पारे ।

२१.४ ओभरमा आरिफ शेखले माइकल जोन्सलाई रोहित पौडेलको हातबाट क्याचआउट गराए भने २२.४ ओभरमा गुल्सन झाले रिचि बेरिङ्टनलाई आरिफ आरिफ शेखबाट क्याच गराउँदै पेभेलियन फर्काइदिए ।

स्कटल्याण्डविरुद्धको खेल यतिखेर अमेरिकाको डाल्लासस्थित ग्राण्ड प्रेरी क्रिकेट स्टेडियममा भइरहेको छ । जारी खेल आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक तेस्रो सिरिजको दोस्रो खेल हो ।

तेस्रो सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । हालसम्म खेलेका लिग २ का ९ खेलमा ७ हार र १ जित तथा १ खेल रद्द भोगेको नेपालले ३ अङ्क जोडेको छ । स्कटल्याण्डले भने ८ खेलमा ११ अङ्क जोडेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १० : २८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया