बैंकमा सुकिलो नोटका चाङ (तस्बिरहरू) « Khabarhub

बैंकमा सुकिलो नोटका चाङ (तस्बिरहरू)


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो वर्षको दशैँका लागि नेपाल राष्ट्र बैंकले आजदेखि सुकिला नोट वितरण थालेको छ । आज (आइतबार) देखि असोज २२ गतेसम्म सुकिला नोट साट्न पाइने केन्द्रीय बैंकले जानकारी दिएको छ ।

बैंकको मुद्रा व्यवस्थापन विभागसहित बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी)बाट सुकिला नोट साट्न पाइनेछ ।

इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको हुँदा आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न राष्ट्र बैंकले सूचित गरेको छ ।

डिजिटल भुक्तानी बढ्दै गएको र चलनचल्तीमै रहेका नोट समेत फर्कन थालेको तर्क गर्दै केन्द्रीय बैंकले यो वर्ष सुकिला नोट वितरण गर्ने निर्णय गरेको हो ।

दशैँका बेला पूजाआजा र दक्षिणाका लागि २० देखि २५ अर्ब रुपैयाँसम्म नयाँ/सुकिला नोट माग हुने गरेको छ ।

(तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी)

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ११ : २५ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १