एनसेलको विवरण अद्यावधिक गर्दै उद्योग विभाग « Khabarhub

एनसेलको विवरण अद्यावधिक गर्दै उद्योग विभाग


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एनसेल आजियाटा प्रालि (एनसेल)को शेयर लगत अद्यावधिक गर्ने प्रक्रिया उद्योग विभागले अगाडि बढाएको छ । झण्डै एक वर्षदेखि रोकिएको एनसेलको शेयर लगत अद्यावधिक गर्ने प्रक्रिया विभागले अगाडि बढाएको हो ।

मलेसियन कम्पनी आजियाटा ग्रुप बहार्डले ट्याक्स हेभन मुलुक सेन्ट किट्स एन्ड नेभिसमा अवस्थित रेनोल्ड होल्डिङ्समा रहेको आफ्नो स्वामित्वको एनसेलको सम्पूर्ण शेयर गत डिसेम्बर १ मा बिक्री गरेको घोषणा गरेको थियो । जुन शेयर आजिायाटाले सिंगापुरका नागरिक शतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडले खरिद गरेको थियो ।

आजियाटा बहार्डले सात वर्ष अगाडि स्वीडेनको टेलियासोनेरासँग एक खर्ब ४४ अर्ब ७८ करोड २५ लाख रूपैयाँमा खरिद गरेको सोही शेयर अति न्यून मूल्य ६ अर्ब रूपैयाँ र सन् २०२९ सम्मको निश्चित प्रतिशत लाभांश लिनेगरी स्पेक्ट्रलाइटलाई बिक्री गरेको थियो ।

सो कारोबारलाई शंकास्पद रूपमा लिएर सरकारले छानबिन प्रक्रिया सुरु गर्दै यथास्थितिमा खरिदबिक्रीको कारोबारलाई अस्वीकार गर्ने निर्णय गरेको थियो ।

सोही कारण एनसेलको रेनोल्ड होल्डिङ्समा रहेको शेयर खरिदबिक्रीको अद्यावधिक प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको थिएन । तर, लामो समयदेखि रोकिएको एनसेलको शेयर खरिदबिक्रीको लगत अद्यावधिक गर्ने प्रक्रियालाई विभागले अगाडि बढाउन लागेको हो ।

उद्योग विभागका एक अधिकारीले अहिले शेयर खरिदबिक्री गरेका पक्षहरूबीचको कर चुक्ताको विषयलाई अध्ययन गर्ने काम भइरहेको बताए । उनले कानूनसम्मत रूपमा विभागले गर्ने काम अगाडि बढाइएको बताए ।

‘हामीले अहिले कर चुक्ताको विषयलाई अध्ययन गरिरहेका छौं’, उनले भने, ‘कानूनसम्मत रूपमा अद्यावधिक गर्ने काम गर्छौं ।’ उनले बेलायतको कानूनअनुसार दर्ता भएको कम्पनीले गरेको शेयर कारोबारमा नेपालले गैरकानुनी भन्न नसक्ने तर २० प्रतिशत स्थानीय शेयरको अवस्थालाई अध्ययन गरिने उनले बताए ।

गत फागुन ६ गते मन्त्रिपरिषद्को बैठकले एनसेलको शेयर खरिदबिक्री यथास्थितिमा स्वीकार नगर्ने निर्णय गरेको थियो । साथै, कानूनसम्मत रूपमा एनसेलले स्वीकृति नलिएर शेयर खरिदबिक्री गरेकोले हदैसम्मको कानुनी कारबाही गर्ने निर्णय गरेको थियो ।

तर, सरकारले विभागलाई एनसेलको शेयर खरिदबिक्रीको विषयमा कुनै लिखित निर्देशन नदिएको विभागका अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ११ : ०६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल