संघीय संसदका विभिन्न चार समितिका बैठक बस्दै « Khabarhub

संघीय संसदका विभिन्न चार समितिका बैठक बस्दै


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितिको २३औँ बैठक आज बस्दैछ ।

आज बिहान संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सरोकारवाला संघ–संस्थालगायतसँग छलफल गर्ने कार्यसूची रहेको समितिका सचिव अधि राज राईले जानकारी दिए ।

यस्तै, आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका मन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ ।

यसैगरी, आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

यता, राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि बस्दैछ । दिउँसो साढे १ बजे सिंहदरबारमा बस्ने बैठकमा नेपालमा जनसङ्ख्याको हालको अवस्था अनुसार जनसंख्या नीतिमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारीका सम्बन्धमा छलफल हुनेछ ।

 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ६ : ४१ बजे

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका