माल्दिभ्सको संसदमा भिडन्त, एकजना सांसद घाइते « Khabarhub

माल्दिभ्सको संसदमा भिडन्त, एकजना सांसद घाइते


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

माले– माल्दिभ्सको संसदमा भिडन्त भएको छ । राष्ट्रपति मोहम्मद मुइज्जुले बोलाएको विशेष अधिवेशनको कार्यवाही अवरुद्ध पार्ने क्रममा झडप भएको हो ।

माल्दिभ्सको संसदमा सत्तारुढ गठबन्धन र विपक्षी सांसदहरूबीच झडप भएको माल्दिभ्सका समाचार संस्थाहरूले जनाएका छन ।

सन अनलाइनका अनुसार  राष्ट्रपति मुइज्जुको मन्त्रिपरिषद्को लागि मतदान हुनु अघि सो झडप भएको हो ।

समाचार अनुसार संसदमा मतदान हुनु अघि पूर्वराष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको नेतृत्वमा रहेको माल्दिभियन डेमोक्रेटिक पार्टी  (एमडीपी) को विरोधमा पीपुल्स नेसनल कांग्रेस (पीएनसी) र प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का सरकार समर्थक सांसदहरू बाहिर आएका थिए ।

समाचार च्यानल अधाधुले घटनाको भिडियो जारी गरेको छ, जसमा एमडीपी सांसद इसापीएनसी सांसद अब्दुल्ला शाहीम अब्दुल हकीम झगडा गरिरहेको देख्न सकिन्छ।

भिडियो फुटेजमा शहीमले इसाको खुट्टा समातेर भुइँमा खसाएको र त्यसपछि ईसाले शहीमको घाँटीमा लात हाने र कपाल तानेको देखिन्छ । घटनामा घाइते भएका सांसद शाहीमलाई उपचारका लागि एम्बुलेन्समा अस्पताल लगिएको छ ।

सत्तारुढ प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) र पिपुल्स नेसनल कांग्रेस (पीएनसी) गठबन्धनले विपक्षीको यस्तो रवैयाप्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ७ : १७ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण