हत्याको आरोपमा एक जना पक्राउ « Khabarhub

हत्याको आरोपमा एक जना पक्राउ


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

झापा– ढुंगा प्रहार गरी हत्यामा गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-८ गरामनी घर भई इलाम माई नगरपालिका -५ डेरा गरी बस्ने ४६ वर्षीय चन्द्र प्रसाद प्रसाईँ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिर्तामोड नगरपालिका-५ बस्ने इलाम सोही नगरपालिका-१ महमाई माइतीघर भएकी ५० वर्षीय माया पुलामी मगरको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।

झापा अर्जुनधारा नगरपालिका-६ स्थित बिहानी टोल रोड नम्बर १६ भित्र सडकको दक्षिण किनारा बिग ब्रदर कबडहल अगाडि माया पुलामी गत सोमबार मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न प्रसाईँलाई सोमबार पक्राउ गरिएको हो ।

बिग ब्रदर कबडहलको ढोका छेउमा बसी कुराकानी गर्ने क्रममा प्रसाईँले विवाह गर्ने प्रस्ताव गर्दा माया पुलामीले दाहिने आँखामा हातले हानेको विषयलाई लिएर प्रसाईँले ढुंगा प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रसाईँ उपर झापा जिल्ला अदालत भद्रपुरबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  १२ : ३२ बजे

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको