यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ « Khabarhub

यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा हुने यू-१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ । 

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ लगायत पदाधिकारीले नेपाली टोलीको बिदाई गरेका हुन् । फेब्रुअरी २ देखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् ।

राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । एन्फाका अध्यक्ष नेम्बाङले नेपाली टिमले बंगलादेशमा राम्रो नतिजा ल्याउने विश्वास गरे । 

प्रशिक्षकले सिकाएका कुरालाई खेलाडीहरूले मैदानमा प्रदर्शनमार्फत देखाउनुपर्ने उनको भनाइ छ । 

नेपालले पहिलो खेल फेब्रुअरी २ मा बंगलादेश, फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतसित खेल्ने तालिका छ । 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  २ : ०५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको