‘१२ वी फेल’ बन्यो उत्कृष्ट फिल्म « Khabarhub

‘१२ वी फेल’ बन्यो उत्कृष्ट फिल्म


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हलमा उल्लेखनीय रुपमा दर्शक तान्न नसके पनि ‘१२ वी फेल’ ६९ औं फिल्मफेयर अवार्डमा उत्कृष्ट फिल्म बनेको छ ।

गुजरातको गन्धीनगरमा आइतबार सम्पन्न फिल्मफेयरमा सोही फिल्मका नायक विक्रान्त मैसी ‘बेस्ट एक्टर’ (क्रिटिक्स) अवार्डबाट सम्मानित भए ।

बलिउडको लोकप्रिय जोडी रणवीर कपुर र आलिया भट्टका लागि यस संस्करणको फिल्मफेयर अवार्ड विशेष बन्यो । दुवैले आ-आफ्नो विधाको उत्कृष्ट अवार्ड हात पारे ।

राणवीरले ‘एनिमल’ बाट उत्कृष्ट अभिनेताको अवार्ड जिते भने अलियाले ‘रक्की और रानी की प्रेम कहानी’बाट उत्कृष्ट अभिनेतृको अवार्ड हात पारिन् ।

त्यस्तै, ‘१२ वी फेल’का निर्देशक विधु विनोद चोपडाले उत्कृष्ट निर्देशकको अवार्ड जिते । फिल्म ‘जोरम’ ले उत्कृष्ट फिल्म (क्रिटिक्स) अवार्ड जितेको छ ।

विक्की कौशलले उत्कृष्ट सहअभिनेताको अवार्ड जित्दा वरिष्ठ निर्देशक डेभिड धवन ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भए ।

फिल्म फेयरको यस संस्कारणलाई करण जोहर, आयुष्मान खुराना र मनिष पालले होस्ट गरेका थिए । कार्यक्रम स्थलमा वरिष्ठ बलिउडकर्मीसहित थुप्रै स्टार कलाकार सहभागी थिए ।

उत्कृष्ट फिल्म- १२ वी फेल

उत्कृष्ट निर्देशक- विधु विनोद चोपडा

उत्कृष्ट फिल्म (क्रिटिक्स)- जोरम

उत्कृष्ट अभिनेता- रणवीर कपुर (एनिमल फिल्मबाट)

उत्कृष्ट अभिनेतृ- आलिया भट्ट (रक्की और रानीकी प्रेम कहानी फिल्मबाट)

उत्कृष्ट अभिनेता (क्रिटिक्स)- विक्रान्त मौसी

उत्कृष्ट अभिनेतृ (क्रिटिक्स)- रानी मुखर्जी र शेफाली शाह

उत्कृष्ट सहअभिनेता- विक्की कौशल

उत्कृष्ट सहअभिनेतृ- शबाना आजमी

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ३ : १७ बजे

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा