नेपाल पुलिस प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा « Khabarhub

नेपाल पुलिस प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार सातौं जित निकालेको छ ।

मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै सातौं जित निकालेको पुलिसले प्रतियोगिताको फाइनलमा स्थान पक्का गर्‍यो।

पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टिम बन्यो । जितको लागि १७१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

पुलिसको जितमा दीलिप नाथले ५७ रन बनाउँदा कुशल भुर्तेल २२ रनमा आउट भए । अर्जुन साउद ४४ र आरिफ शेख २७ रनमा नट आउट रहे ।

गण्डकीका सन्दीप पराजुलीले २ विकेट लिए । विपिन खत्री र कमल परियारले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ३८.३ ओभरमा १७० रन मात्र बनाउन सक्यो । गण्डकीका अमृत गुरुङले सर्वाधिक ५० रन बनाए ।

पुलिसको तीव्र गतिका बलर राशिद खानले ५ विकेट लिए । ललित राजवंशी र करण केसीले समान २–२ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

जारी लिगमा अपराजित रहेको पुलिस ७ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ । १० टोली सहभागी प्रतियोगिताको शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ३ : ३७ बजे

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा