नेपाल पुलिस प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा | Khabarhub Khabarhub

नेपाल पुलिस प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार सातौं जित निकालेको छ ।

मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै सातौं जित निकालेको पुलिसले प्रतियोगिताको फाइनलमा स्थान पक्का गर्‍यो।

पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टिम बन्यो । जितको लागि १७१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

पुलिसको जितमा दीलिप नाथले ५७ रन बनाउँदा कुशल भुर्तेल २२ रनमा आउट भए । अर्जुन साउद ४४ र आरिफ शेख २७ रनमा नट आउट रहे ।

गण्डकीका सन्दीप पराजुलीले २ विकेट लिए । विपिन खत्री र कमल परियारले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ३८.३ ओभरमा १७० रन मात्र बनाउन सक्यो । गण्डकीका अमृत गुरुङले सर्वाधिक ५० रन बनाए ।

पुलिसको तीव्र गतिका बलर राशिद खानले ५ विकेट लिए । ललित राजवंशी र करण केसीले समान २–२ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

जारी लिगमा अपराजित रहेको पुलिस ७ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ । १० टोली सहभागी प्रतियोगिताको शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ३ : ३७ बजे

मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र

सन्तोष सेन : जब्बर र आँटिला निर्माता, स्वार्थ नै फिल्ममा लगानी

काठमाडौं– निर्देशक तथा निर्माता सन्तोष सेन आँटिला फिल्म मेकरका रूपमा

कांग्रेस-एमाले गठबन्धनविरुद्ध मधेसमा मोर्चाबन्दी

जनकपुरधाम- नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको गठबन्धनसँगै संविधान संशोधनको

न्यूरोडको फुटपाथ विस्तारमा स्थानीयको अवरोध

काठमाडौं– अदालतको आदेशपछि शुरु भएको काठमाडौँको न्यूरोडको फुटपाथ विस्तारको काममा

मौद्रिक नीति आज सार्वजनिक नहुने

काठमाडौं- आज मौद्रिक नीति सार्वजनिक नहुने भएको छ । आज