लागूऔषधसहित ६ जना पक्राउ « Khabarhub

लागूऔषधसहित ६ जना पक्राउ


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्रामसहित सोही उपहानगरपालिका-२१ बस्ने ३५ वर्षीय केशव राम अहिरलाई  प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भे.५ प ६१० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक अहिरलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ महेन्द्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १.१० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१५ सुन्दरबस्ती बस्ने २७ वर्षीय राजेन्द्र गुरुङ समेत ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट डुम्मरवानाबाट खटिएको प्रहरीले उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।  

बर्दियाको मधुवन नगरपालिका-६ शान्तिटोलबाट अवैध लागूऔषध ब्राउनसगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय मेहडी हसन अन्सारी र सोही नगरपालिका-८ बस्ने २९ वर्षीय प्रकाश सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले अन्सारीको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।   

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ५ : २५ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी