झलनाथको प्रस्ताव : दक्षिणपन्थीसँग गठबन्धन गर्नु भन्दा वामपन्थीसँग गरौँ « Khabarhub

झलनाथको प्रस्ताव : दक्षिणपन्थीसँग गठबन्धन गर्नु भन्दा वामपन्थीसँग गरौँ


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेताले झलनाथ खनालले दक्षिणपन्थीसँग गठबन्धन गर्नु भन्दा वामपन्थीसँग गठबन्धन गर्नुपर्ने बताएका छन् ।

आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय परिषद् बैठकको अन्तिममा बोल्दै उनले वर्तमान गठबन्धन प्रति सन्तुष्ट देखिए ।

उनले भने, ‘ हामी नयाँ ढङ्गले अगाडि बढ्न सक्छौ तर हाम्रो पार्टीले ठिक दिशा लिन सक्नुपर्छ । यसो हुँदा अरू वामपन्थीलाई पनि एकताबद्ध गर्न सक्छौँ । वाम पन्थी एकता किन नगर्ने भन्न सक्छौँ । हामीसँग क्रान्तिको सिङ्गो शृंखला हुनुपर्छ । पुँजीवादी दक्षिणपन्थीसँग गठबन्धन गर्ने भन्दा वामपन्थीसँग गठबन्धन गर्न यो कारणले सही छ भन्ने कुरा आउँछ । अनि मात्र वामपन्थी एकता कायम हुन्छ।’

उनले वाम एकता भयो भने मात्र जनताका मुद्दा सम्बोधन हुने बताए । उनले कम्युनिस्ट आन्दोलनका भयानक गल्तीहरु भएकाले सच्चिएर अगाडि जानुपर्ने समेत बताए ।

यस्तै पार्टीले उमेर हद पनि कायम नराख्ने भएको पनि बताए ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ५ : ३२ बजे

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई