पाँचखालको औद्योगिक ग्रामको समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको अनुरोध | Khabarhub Khabarhub

पाँचखालको औद्योगिक ग्रामको समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको अनुरोध


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पाँचखालको महिला  औद्योगिक ग्राममा देखिएको समस्यालाई समाधान गर्न सरोकारवाला निकायलाई अनुरोध गरेका छन्। 

उपप्रधानमन्त्री श्रेष्ठले गृहमन्त्रालयमा सरोकारवाला निकायसँगको छलफल कार्यक्रममा बोल्दै पाँचखालको महिला औद्योगिक ग्राममा नेपालको ६६ जिल्लामा शाखा रहेको महिला उद्यमी महासंघको प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन्।

गृहमन्त्री श्रेष्ठले सोमबार महिला उद्यमी महासंघका पदाधिकारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी लगायतका  सरोकारवाला निकायसँग पाँचखालको महिला औद्योगिक ग्रामको विषयमा छलफल गरेका थिए।

मन्त्री श्रेष्ठले पाँचखालको महिला औद्योगिक ग्राममा महिला उद्यमी महासंघलाई  समावेश गरेर अघि बढाउन सरोकारवाला निकायलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ७ : ५६ बजे

सञ्जालमा छाडा गीत : न डिलिट गर्न सहज, न कुनै कानूनी उपचार !

दुई दशक अगाडि सपरिवार बसेर टिभी हेर्ने चलन थियो। रेडियो

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– लेदोसहितको पहिरोले बीपी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ

भारतको युवा टेस्ट : ब्याट र बलमा नै सूर्यवंशीको प्रभाव

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा क्रिकेट टोलीको खेलमा लगातार

दाङमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ– दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक