भारत र फ्रान्सबीच स्वास्थ्य, अन्तरिक्ष र रक्षामा सहकार्य गर्ने सहमति « Khabarhub

भारत र फ्रान्सबीच स्वास्थ्य, अन्तरिक्ष र रक्षामा सहकार्य गर्ने सहमति


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारत र फ्रान्सले स्वास्थ्य, अन्तरिक्ष र रक्षा लगायतका क्षेत्रमा सहकार्य गर्ने भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन दुई दिने राजकीय भ्रमणको क्रममा भारतसँग स्वास्थ्य, अन्तरिक्ष र रक्षा लगायतका क्षेत्रमा सहयोग गर्न सहमत भएका हुन् ।

दुवै पक्षले रक्षा–अन्तरिक्ष साझेदारीमा एक सम्झौतामा पनि सहमति जनाएका छन् । साथै स्याटेलाइट प्रक्षेपणमा न्यू स्पेस इण्डिया लिमिटेड र फ्रान्सेली कम्पनी एरियनस्पेसबीच समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

भारतीय विदेशसचिव विनयमोहन क्वात्राकाअनुसार टाटा र एयरबस हेलिकप्टरबीच स्थानीय कम्पोनेन्टसहितको एच १२५ हेलिकप्टर उत्पादनका लागि साझेदारी गर्न दुवै पक्ष सहमत भएका छन् ।

दुई पक्षहरू प्रमुख सैन्य हार्डवेयर र प्लेटफर्महरूको सह–विकास र सह–उत्पादनमा सहमत भएको बताइएको छ । अन्तरिक्ष, भूमि युद्ध, साइबरस्पेस र कृत्रिम बुद्धिमत्ता लगायतका क्षेत्रहरूमा टेक्नोलोजी सहयोगलाई सहज बनाउने दुई देशबीचमा सहमति भएको हो ।

दुवै पक्षले स्वास्थ्य सेवा, शिक्षा, तालिम र अनुसन्धान जस्ता क्षेत्रमा आ–आफ्ना स्वास्थ्य मन्त्रालयबीच समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ८ : १९ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति