चीनमा घट्दो जनसङ्ख्याको प्रभाव : अविवाहितको बिहे गराइदिए लमीलाई नगद पुरस्कार ! | Khabarhub Khabarhub

चीनमा घट्दो जनसङ्ख्याको प्रभाव : अविवाहितको बिहे गराइदिए लमीलाई नगद पुरस्कार !


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- लैङ्गिक असमानता बढ्दै जाँदा चीनका स्थानीय तहहरुले अविवाहितको विवाह गराउने नयाँ नयाँ जुक्ति निकाल्न थालेका छन् । चीनका विभिन्न प्रान्तका स्थानीय तहले विवाह गराएबापत लमीहरुलाई प्रोत्साहनस्वरुप पैसा एवम् अन्य सुविधा दिनेजस्ता कार्यक्रम अघि सारेका छन् ।

चीनको शाङ्क्शी र गुआङडोङजस्ता प्रान्तका स्थानीय सरकारले ३० देखि ४५ वर्षका अविवाहितको विवाह गराइदिने लमीलाई ६ सयदेखि १ हजार युआन (८४ देखि १४० डलरसम्म) दिने प्रस्ताव अघि सारेको चीनबाट प्रकाशित हुने द पेपरले जनाएको छ ।

सन् २०२० को चिनियाँ जनगणनाअनुसार चीनमा ७२ करोड पुरुष र ६९ करोड महिला छन् । सन् १९७९ देखि सन् २०१५ बीच जन्मेका चिनियाँमा यो लैङ्गिक असमानता अझै धेरै रहेको बताइन्छ । उक्त कालखण्डमा चीनमा एक सन्तान नीति लागू गरिएको थियो ।

तथ्यांकका अनुसार ३ करोड चिनियाँ पुरुषले विवाह नै नगरी एक्लो जीवन काट्नुपर्ने अवस्था देखिन्छ । यसबाट चिनियाँ समाजको स्थायित्व र आर्थिक विकासमा नै असर पर्ने चिन्ता उत्पन्न हुँदै आएको छ ।

चीनका अधिकांश स्थानको अवस्था यस्तै रहेपनि ग्रामीण क्षेत्रमा लैङ्गिक असमानताको समस्या विकराल रहेको ठानिन्छ । ग्रामीण चिनियाँ समाजमा छोरीभन्दा छोरालाई बढी महत्व दिइने भएकाले पनि यस्तो अवस्था आएको बताइएको छ । द पेपरका अनुसार शाङ्क्सी प्रान्तको शियाङ्जियाझुआङ गाउँमा २७० घर छन् । यस गाउँका २५ देखि ४० वर्ष उमेर समूहका ४० जना पुरुषहरु अझै अविवाहित नै छन् ।

चीनमा १९८० को सुरुवातमा १ सय ८ पुरुष बराबर एक सय जना महिलाको अनुपात रहेको थियो । सन् २००० मा त्यो असमानता बढेर १२० पुरुष प्रति १ सय महिला पुग्यो । आन्हुई जियाङ्शीजस्ता प्रान्तहरुमा यो अनुपात १३० पुरुष प्रति १ सय महिलासम्म रहेको गार्जियनले जनाएको छ ।

उच्च बेरोजगारीका कारण चीनमा पुरुषहरु विवाह गर्न हच्किने गरेको केही विश्लेषकहरु बताउँछन् । रोजगार नभएका पुरुषहरु एक्लो जीवन नै बिताउन चाहने साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्टले बताउँछ । सन् २०२३ डिसेम्बर महिनाको तथ्यांकअनुुसार चीनमा १६ देखि २४ वर्ष उमेर समूहका युवामा बेरोजगारी दर १४ दशमलब ९ प्रतिशत रहेको छ ।

बेइजिङ, साङ्घाई, ग्वाङझाउजस्ता सहरमा उच्च महङ्गीका कारण पनि युवाहरु एक्लै बस्न रुचाउने गरेको उक्त अखबारले जनाएको छ । सहरी क्षेत्रका पुरुषमात्रै नभएर महिलाहरु पनि एक्लै बस्न रुचाउने गरेको पाइएको छ । अक्टोबर २०२१ मा कम्युनिष्ट युथ लिगले २ हजार ९ सय ५ जना १८ देखि २६ वर्ष उमेर समूहका अविवाहित युवामा सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणमा ४३ प्रतिशत दशमलब ९ प्रतिशत महिला र २४ दशमलब ६ प्रतिश पुरुषहरुले विवाह गर्ने कुनै चाहना नभएको बताएका थिए ।

चीनको ग्रामीण क्षेत्रमा पनि यस्तै समस्या देखिएको छ । विभिन्न स्थानीय तहहरुले २५ वर्षभन्दा कम उमेरमा विवाह गरे प्रोत्साहनबापत १ हजार युआन (१३८ डलर) सम्म प्रदान गर्ने घोषणा गरेका छन् । गत वर्ष राष्ट्रपति सी जिन्पिङले दिएको एउटा भाषणमा ‘विवाह र सन्तानोत्पादनको नयाँ सँस्कृतिको विकास गर्नुपर्ने’ उल्लेख गरेका थिए ।

सन् २०२३ मा लगातार दोस्रो वर्ष चीनको जनसङ्ख्यामा गिरावट आएको छ । कोरोना भाइरसका कारण मृत्यु र गिर्दो जन्मदरले चिनियाँ जनसङ्ख्यामा ह्रास आएको छ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार सन् २०२४ मा चीनको जनसङ्ख्यामा शून्य दबमलब १५ प्रतिशत अर्थात् २० लाखले कमी आई १ अर्ब ४० करोड ९० लाख पुगेको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ९ : १२ बजे

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा