चीनमा घट्दो जनसङ्ख्याको प्रभाव : अविवाहितको बिहे गराइदिए लमीलाई नगद पुरस्कार ! « Khabarhub

चीनमा घट्दो जनसङ्ख्याको प्रभाव : अविवाहितको बिहे गराइदिए लमीलाई नगद पुरस्कार !


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- लैङ्गिक असमानता बढ्दै जाँदा चीनका स्थानीय तहहरुले अविवाहितको विवाह गराउने नयाँ नयाँ जुक्ति निकाल्न थालेका छन् । चीनका विभिन्न प्रान्तका स्थानीय तहले विवाह गराएबापत लमीहरुलाई प्रोत्साहनस्वरुप पैसा एवम् अन्य सुविधा दिनेजस्ता कार्यक्रम अघि सारेका छन् ।

चीनको शाङ्क्शी र गुआङडोङजस्ता प्रान्तका स्थानीय सरकारले ३० देखि ४५ वर्षका अविवाहितको विवाह गराइदिने लमीलाई ६ सयदेखि १ हजार युआन (८४ देखि १४० डलरसम्म) दिने प्रस्ताव अघि सारेको चीनबाट प्रकाशित हुने द पेपरले जनाएको छ ।

सन् २०२० को चिनियाँ जनगणनाअनुसार चीनमा ७२ करोड पुरुष र ६९ करोड महिला छन् । सन् १९७९ देखि सन् २०१५ बीच जन्मेका चिनियाँमा यो लैङ्गिक असमानता अझै धेरै रहेको बताइन्छ । उक्त कालखण्डमा चीनमा एक सन्तान नीति लागू गरिएको थियो ।

तथ्यांकका अनुसार ३ करोड चिनियाँ पुरुषले विवाह नै नगरी एक्लो जीवन काट्नुपर्ने अवस्था देखिन्छ । यसबाट चिनियाँ समाजको स्थायित्व र आर्थिक विकासमा नै असर पर्ने चिन्ता उत्पन्न हुँदै आएको छ ।

चीनका अधिकांश स्थानको अवस्था यस्तै रहेपनि ग्रामीण क्षेत्रमा लैङ्गिक असमानताको समस्या विकराल रहेको ठानिन्छ । ग्रामीण चिनियाँ समाजमा छोरीभन्दा छोरालाई बढी महत्व दिइने भएकाले पनि यस्तो अवस्था आएको बताइएको छ । द पेपरका अनुसार शाङ्क्सी प्रान्तको शियाङ्जियाझुआङ गाउँमा २७० घर छन् । यस गाउँका २५ देखि ४० वर्ष उमेर समूहका ४० जना पुरुषहरु अझै अविवाहित नै छन् ।

चीनमा १९८० को सुरुवातमा १ सय ८ पुरुष बराबर एक सय जना महिलाको अनुपात रहेको थियो । सन् २००० मा त्यो असमानता बढेर १२० पुरुष प्रति १ सय महिला पुग्यो । आन्हुई जियाङ्शीजस्ता प्रान्तहरुमा यो अनुपात १३० पुरुष प्रति १ सय महिलासम्म रहेको गार्जियनले जनाएको छ ।

उच्च बेरोजगारीका कारण चीनमा पुरुषहरु विवाह गर्न हच्किने गरेको केही विश्लेषकहरु बताउँछन् । रोजगार नभएका पुरुषहरु एक्लो जीवन नै बिताउन चाहने साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्टले बताउँछ । सन् २०२३ डिसेम्बर महिनाको तथ्यांकअनुुसार चीनमा १६ देखि २४ वर्ष उमेर समूहका युवामा बेरोजगारी दर १४ दशमलब ९ प्रतिशत रहेको छ ।

बेइजिङ, साङ्घाई, ग्वाङझाउजस्ता सहरमा उच्च महङ्गीका कारण पनि युवाहरु एक्लै बस्न रुचाउने गरेको उक्त अखबारले जनाएको छ । सहरी क्षेत्रका पुरुषमात्रै नभएर महिलाहरु पनि एक्लै बस्न रुचाउने गरेको पाइएको छ । अक्टोबर २०२१ मा कम्युनिष्ट युथ लिगले २ हजार ९ सय ५ जना १८ देखि २६ वर्ष उमेर समूहका अविवाहित युवामा सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणमा ४३ प्रतिशत दशमलब ९ प्रतिशत महिला र २४ दशमलब ६ प्रतिश पुरुषहरुले विवाह गर्ने कुनै चाहना नभएको बताएका थिए ।

चीनको ग्रामीण क्षेत्रमा पनि यस्तै समस्या देखिएको छ । विभिन्न स्थानीय तहहरुले २५ वर्षभन्दा कम उमेरमा विवाह गरे प्रोत्साहनबापत १ हजार युआन (१३८ डलर) सम्म प्रदान गर्ने घोषणा गरेका छन् । गत वर्ष राष्ट्रपति सी जिन्पिङले दिएको एउटा भाषणमा ‘विवाह र सन्तानोत्पादनको नयाँ सँस्कृतिको विकास गर्नुपर्ने’ उल्लेख गरेका थिए ।

सन् २०२३ मा लगातार दोस्रो वर्ष चीनको जनसङ्ख्यामा गिरावट आएको छ । कोरोना भाइरसका कारण मृत्यु र गिर्दो जन्मदरले चिनियाँ जनसङ्ख्यामा ह्रास आएको छ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार सन् २०२४ मा चीनको जनसङ्ख्यामा शून्य दबमलब १५ प्रतिशत अर्थात् २० लाखले कमी आई १ अर्ब ४० करोड ९० लाख पुगेको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ९ : १२ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी